close

सिमको ब्यालेन्स खर्च नहुने गरी यसरी मोबाइल नम्बरबाटै पठाउनुहोस् एसएमएस

टेकपाना टेकपाना

फागुन १२, २०७९ १६:२१

सिमको ब्यालेन्स खर्च नहुने गरी यसरी मोबाइल नम्बरबाटै पठाउनुहोस् एसएमएस

काठमाडौं । एप्पलको मेसेजिङ एपमार्फत एक आईओएस प्रयोगकर्ताले अरु आईओएस प्रयोगकर्तालाई सहजै मेसेज पठाउन सक्छन् । यही विशेषता उपलब्ध गराउन गुगलले पनि आफ्नो मेसेजिङ एप ल्याएको थियो, जसका माध्यमबाट एक एन्ड्रोइड प्रयोगकर्ताले अन्य एन्ड्रोइड प्रयोगकर्तालाई मेसेज पठाउन सक्छन् ।

यसरी गुगल मेसेजबाट मेसेज पठाउँदा सिममा भएको ब्यालेन्स काटिँदैन । साथै अन्य मेसेजिङ एप जस्तै मेसेज डेलिभर भएको, क्यारेक्टर लिमिट नभएको, उच्च गुणस्तरको फोटो तथा फाइल शेयर गर्नसक्ने, मेसेज पढेको थाहा पाउने जस्ता विशेषता हुन्छन् । यसबाट तपाईँले फोन नम्बर मात्र पाएको अवस्थामा पनि फाइल शेयर गर्न सक्नुहुन्छ ।  

त्यस्तै गुगल मेसेजले यही च्याट फिचरलाई आरसीएस (रिच कम्युनिकेसन सर्भिस) नाम दिएर परिमार्जन गर्न लागेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नयाँ अपडेटमार्फत च्याट फिचरको ठाउँमा आरसीएस फिचर आउनेछ । यो फिचरले च्याटभन्दा स्तरीय सेवा उपलब्ध गराउने बताइएको छ ।  

के हो गुगल मेसेजको च्याट फिचर ?

यदि तपाईँ एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ र गुगल मेसेजको च्याट फिचर प्रयोग गर्न चाहनुहुन्छ भने तलका प्रक्रिया अपनाउनुहोस्:

पछिल्लो समय बजारमा आएका अधिकांश एन्ड्रोइड डिभाइसमा गुगलकै मेसेजिङ एप प्रि-इन्स्टल हुन्छ ।

यदि तपाईँको डिभाइसमा गुगलको मेसेज एप छैन भने यहाँ ट्याप गरेर एप डाउनलोड गर्नुहोस् ।

एप डाउनलोड भइसकेपछि तलको प्रक्रिया अपनाउनुहोस्:

- एप डाउनलोड भएपछि सो एपलाई डिफल्ट एप बनाउनुहोस् ।

- एप डिफल्ट बनाउन 'सेट डिफल्ट एसएमएस एप' को अप्सनमा गएर सबैभन्दा माथि देखिने गुगल मेसेजको आइकन छान्नुहोस् । र, अन्तिममा रहेको ‘सेट एज डिफल्ट’ बटनमा ट्याप गर्नुहोस् ।

 

त्यसपछि तपाईंको नम्बर भेरिफाई गर्नुपर्ने हुन्छ । नम्बर भेरिफाई गर्न तलको प्रक्रिया अपनाउनुहोस्:

-  सबैभन्दा पहिले गुगलको मेसेजिङ एप खोल्नुहोस् ।

-  अनि माथि दायाँपट्टि रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।

-   त्यसपछि सेटिङको अप्सन छान्नुहोस् ।

-   यति गरेर 'जेनेरल' (General)अप्सनमा ट्याप गर्नुहोस् ।

-   र, सबैभन्दा माथि रहेको च्याट फिचरमा जानुहोस् ।

-   त्यहाँ भेरिफाई योर नम्बर (Verify your number) भन्ने अप्सनमा जानुहोस् ।

-   अनि 'योर फोन नम्बरको अप्सन' मा गएर आफ्नो फोन नम्बर राख्नुहोस् । र भेरिफाईको बटनमा ट्याप गर्नुहोस् ।

यति गरिसकेपछि तपाईँको सिम भेरिफाई हुने प्रक्रिया अगाडि बढ्छ । केही मिनेटमा अकाउन्ट स्वतः भेरिफाइड भएर कनेक्टेडको अप्सन देखाउँछ । त्यसपछि तपाईँ अनलाइन हुँदा वाई-फाई वा डेटा कनेक्सनको प्रयोग गरी मेसेजबाट कुराकानी गर्न सक्नुहुन्छ ।

यसले सिमको रकम वा एसएमएस प्लानलाई कुनै प्रभाव पार्दैन । तर, याद गर्नुहोस् । तपाईँले मेसेज पठाउन लागेको व्यक्तिले पनि यो सुविधा इनेबल गरेको हुनुपर्छ ।

एसएमएसमार्फत च्याट जाँदा यस्तो अप्सन देखिन्छ ।  (टेक्स्ट मेसेज देखिन्छ ।)

डेटा वा वाई-फाई नेटवर्कबाट मेसेज जाँदा यस्तो अप्सन देखिन्छ ।  (यस्तोमा च्याट मेसेजको अप्सन देखिन्छ ।)

पछिल्लो अध्यावधिक: फागुन १२, २०७९ १६:३५