close

अब गुगल मेसेजबाटै पीडीएफ पठाउन-पाउन सकिने

टेकपाना टेकपाना

साउन २३, २०८२ ९:१

अब गुगल मेसेजबाटै पीडीएफ पठाउन-पाउन सकिने

काठमाडौँ । गुगलले आफ्नो मेसेजिङ प्लेटफर्म गुगल मेसेजेजमार्फत पीडीएफ फाइल शेयरिङ गर्न सकिने सुविधा ल्याएको छ । यो सुविधा विशेषगरी आरसीएस बिजनेस मेसेजिङ (आरबीएम) का लागि डिजाइन गरिएको हो, जसले व्यवसाय र ग्राहकबिचको सञ्चारमा ठुलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

आरसीएसको विस्तारले परम्परागत एसएमएसको प्रयोगलाई लगभग अन्त्य गरिसकेको छ । यसले अधिकांश मिडिया आवश्यकताहरूलाई सहज रूपमा पूरा गर्न सक्छ । तर, व्यवसायहरूलाई अझै पनि पीडीएफ फाइलहरू पठाउन ईमेल वा अन्य इन्स्ट्यान्ट मेसेजिङ एपहरूको सहारा लिनुपर्ने बाध्यता थियो । तर अब, गुगल मेसेजेजमा 'रिच कार्ड' (rich cards) मार्फत सिधै पीडीएफ फाइलहरू पठाउन सकिने भएको छ।

यसले ग्राहकहरूलाई टिकेट, कार्यक्रमको पास, उत्पादनका ब्रोसर र अन्य महत्त्वपूर्ण कागजातहरू सजिलैसँग आफ्नो मेसेजिङ एपमै प्राप्त गर्न सम्भव बनाएको छ । यो सरल फिचर थपिनुले प्रयोगकर्ताहरूलाई अर्को एपमा स्विच गर्नुपर्ने झन्झटबाट मुक्ति दिलाउने छ ।

हाललाई पीडीएफ शेयरिङ सुविधा भारतका व्यवसायहरूका लागि उपलब्ध गराइएको छ । यसको विश्वव्यापी रोलआउट कहिले हुन्छ, त्य भने हेर्न बाँकी छ । 

पछिल्लो अध्यावधिक: साउन २३, २०८२ ९:१