close

नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म क्याशब्याक पाइने

टेकपाना टेकपाना

चैत २६, २०७९ ११:६

नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म क्याशब्याक पाइने

काठमाडौं । नेपाल पेले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहका लागि क्याशब्याक अफर ल्याएको छ । 

अब ग्राहकहरुले नेपालपेको क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रुपैयाँ सम्म) को क्याशब्याक प्राप्त गर्न सकिनेछ । यो अफर नेपालभर चैत २६ गते देखि २०८० बैशाख २ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।    

विभिन्न व्यावसायी, डिपार्टमेन्ट स्टोर, इ–कमर्श पोर्टल लगायतमा नेपाल पे क्यूआर स्क्यान गरी ग्राहकले आफ्नो मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आईपिएसबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । 

नयाँ वर्ष २०८० मा नेपालभर रहेका २३५,००० भन्दा बढी नेपाल पे मर्चेन्टहरुमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ । 
 

पछिल्लो अध्यावधिक: चैत २६, २०७९ ११:७