काठमाडौं । मोबाइल वर्ल्ड कंग्रेसको अवसरमा अनरले आफ्नो पहिलो फोल्डेबल फ्ल्यागशिप स्मार्टफोन 'अनर म्याजिक भीएस' सार्वजनिक गरेको छ । १२.९ मिलिमिटर पातलो यो फोनको तौल २६७ ग्राम छ ।
फोनमा ५००० एमएएचको ब्याट्री प्रयोग गरिएको छ । फोनको बाहिरपट्टि ६.४५ इन्चको डिस्प्ले छ भने भित्री डिस्प्ले ७.९ इन्चको छ । फोनले प्रयोगकर्तालाई एकैपटक विभिन्न काम गर्नको लागि सघाउने कम्पनीको दाबी छ ।
प्रयोगकर्ताको आखाँलाई मध्यनजर गर्दै फोनमा आखाँलाई दबाब नपर्ने गरी डिस्प्ले डिजाइन गरिएको र नाइड डिस्प्ले, डाइनामिक डिमिङ लगायतका विभिन्न फिचर उपलब्ध गराइएको कम्पनीले बताए ।
फोनमा ५४ मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलको अल्ट्रा वाइड र म्याक्रो क्यामेरा साथै ८ मेगापिक्सेलको अप्टिकल जुम क्यामेरा उपलब्ध छ । साथै फोनमा १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा पनि छ ।
स्न्यापड्रागन ८ प्लस जेन १ चिपसेट भएको यो फोनमा अनरको पछिल्लो नयाँ म्याजिक ओएस प्रयोग गरिएको छ ।
यो सँगै कम्पनीले कार्यक्रममा अनर म्याजिक फाइभ प्रो पनि सार्वजनिक गरेको हो । कम्पनीको फ्ल्यागशिप फोन अनर म्याजिक फाइभ प्रो डिजाइन, डिस्प्ले, फोटोग्राफी र पफर्मेन्सको हिसाबले निकै नै उत्कृष्ट रहेको कम्पनीको दाबी छ ।
फोनमा डुअल कर्भ्ड डिस्प्लेको साथमा ट्रिपल क्यामेरा सिस्टम उपलब्ध छ । कम्पनीले यस फोनमा ६.८१ इन्चको एलटीपीओ डिस्प्ले उपलब्ध गराएको छ । फोनमा ५० मेगापिक्सेलको ट्रिपल क्यामेरा सेट छ ।
प्रयोगकर्ताको सुरक्षालाई मध्यनजर गर्दे कम्पनीले फोनमा फेस आईडी र फिंगरप्रिन्ट पनि उपलब्ध गराएको छ । कम्पनीले फोनमा स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग गरेको छ ।
कम्पनीका अनुसार ५१०० एमएएच ब्याट्रीले ६६ वाटको वायर्ड र ५० वाटको वायरलेस चार्जर सपोर्ट गर्छ ।
यी दु्वै फोनको मूल्य तथा अन्य विवरणको विषयमा पूर्ण रुपमा आधिकारिक जानकारी भने आउन बाँकी नै छ । नेपालमा पनि यी फोनहरू चाँडै नै उपलब्ध हुने बताइएको छ ।