close

अनर म्याजिक फाइभ प्रो सार्वजनिक, सोमबारदेखि प्रि-बुकिङ सुरु

टेकपाना टेकपाना

असार १०, २०८० १६:४५

अनर म्याजिक फाइभ प्रो सार्वजनिक, सोमबारदेखि प्रि-बुकिङ सुरु

काठमाडौं । नेपाली बजारमा अनरको नयाँ स्मार्टफोन 'अनर म्याजिक फाइभ प्रो' सार्वजनिक भएको छ ।  अनरका लागि नेपालका आधिकारिक वितरक सेलट्रोन नेपाल प्रा.लिले यो फोन भित्र्याएको हो । 

कम्पनीका अनुसार फोनको अग्रिम बुकिङ ११ असार सोमबारदेखि सुरु भएर १५ असार, शुक्रबारसम्म जारी रहनेछ । यस अवधिमा अनर म्याजिक फाइभ प्रो बुक गर्ने ग्राहकले २९ हजार ९९५ रुपैयाँ पर्ने मार्शल स्पिकर निःशुल्क प्राप्त गर्नसक्ने पनि कम्पनीले जनाएको छ ।

अनरको यो नयाँ स्मार्टफोनलाई 'आई अफ म्युज' आइकोनिक डिजाइनलाई आधारित भएर डिजाइन गरिएको छ । यसमा माथि बायाँपट्टि पिल आकारमा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा कटआउटको साथ अगाडि 'क्वाड-कर्ब्ड' डिस्प्ले छ । 

६.८१ इन्चको डिस्प्ले भएको यो फोन मिडो ग्रीन र ब्ल्याक गरि दुई रंगमा उपलब्ध छ । यसमा ५० मेगापिक्सेलको वाइड क्यामेरा, ५० मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा र ५० मेगापिक्सेलको टेलिफोटो क्यामेरा छ ।         

कम्पनीले यो फोनमा क्वालकमको स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग गरेको छ जसमा १२ जीबीको र्‍याम र ५१२ जीबीको स्टोरेज छ । अनरको म्याजिक ओएस ७.१ भएको म्याजिक प्रो एन्ड्रोइड १३ मा आधारित छ ।

फोनमा ५१०० एमएएचको ब्याट्री राखिएको  छ जसले ६६ वाटको वायर्ड र ५० वाटको वायरलेस चार्जर सपोर्ट गर्छ । 
कम्पनीले यो फोनको मूल्य १ लाख ६४ हजार ९९० रुपैयाँ तोकेको छ । 

पछिल्लो अध्यावधिक: असार १०, २०८० १६:४५