close

बीवाईडी विद्युतीय सवारी खरिद गर्न चाहनेलाई कुमारी बैंकले ऋण दिने

टेकपाना टेकपाना

फागुन १८, २०७९ ७:५०

बीवाईडी विद्युतीय सवारी खरिद गर्न चाहनेलाई कुमारी बैंकले ऋण दिने

काठमाडौं । बीवाईडी ब्रान्डको विद्युतीय सवारी साधन खरिद गर्न चाहनेहरूका लागि अब कुमारी बैंकले कर्जा उपलब्ध गराउने भएको छ । हालै कुमारी बैंक लिमिटेड र बीवाईडीको नेपालस्थित साइमेक्स् इन्क प्रालिबीच यसबारे सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकले आफ्ना देशभरका शाखाहरूबाट सहज रुपमा बीवाईडी ब्रान्डका सवारी साधन खरिदका लागी सवारी साधन कर्जा उपलब्ध गराउने छ ।

यसअन्तर्गत कुनै पनि बीवाईडी डिलरबाट सवारी साधन खरिद गर्दा कुमारी बैंक लिमिटेडले ८० प्रतिशतसम्म कर्जा लिन सकिनेछ ।

सो कर्जा ८ वर्ष अवधिसम्म लिन मिल्ने व्यवस्था गरिएको छ । 

पछिल्लो अध्यावधिक: फागुन १८, २०७९ ७:५०