काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले नयाँ अपडेट मीयूआई १४ सार्वजनिक गरेको छ । युजर इन्टरफेसलाई बढावा दिन कम्पनीले नयाँ अपडेट उपलब्ध गराएको हो ।
कम्पनीले कुन कुन डिभाइसमा मीयूआई १४ उपलब्ध छ भन्ने सूचना पनि सार्वजनिक गरेको छ । विशेषगरी एन्ड्रोइड १२ र १३ भर्सन सपोर्ट गर्ने साओमी फोनहरूमा उक्त यूआई डाउनलोड गर्न सकिन्छ ।
सन् २०२१ मा बजारमा आएको रेड्मी नोट एटदेखि पछिल्लो समय बजारमा आएका साओमीका नयाँ फोनहरूमा मीयूआई १४ अपडेट इन्स्टल गर्न सकिने उल्लेख छ ।
३.१ जीबी स्टोरेज आकारमा रहेको मीयूआई १४ अपडेट सेक्युरिटीमा बढी केन्द्रित रहेको छ ।
कसरी डाउनलोड गर्ने यूआईको नयाँ अपडेट ?
नयाँ अपडेट इन्स्टल गर्नुअघि डिभाइसमा स्टोरेज छ वा छैन यकिन गर्नुहोस् ।
यदि आवश्यक स्टोरेज उपलब्ध छ भने आफ्नो फोनको सेटिङभित्र रहेको अबाउट फोनहुँदै ‘मीयूआई भर्सन’ (MIUI version) मा थिच्नुहोस् ।
त्यसपछि त्यसपछि उपलब्ध छ भने तल रहेको डाउनलोडमा दबाउनुहोस् । यति गरेपछि मीयूआई १४ इन्स्टल हुन्छ ।