close

अनलाइनमा कसरी हेर्ने नेपाल र पपुवा न्यूगिनी बीचको क्रिकेट लाइभ ?

टेकपाना टेकपाना

फागुन २५, २०७९ ९:४६

अनलाइनमा कसरी हेर्ने नेपाल र पपुवा न्यूगिनी बीचको क्रिकेट लाइभ ?

काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग टु अन्तर्गत नेपाल, यूएई​​ र पपुवा न्यूगिनी सम्मिलित सिरिज आजदेखि सुरु भएको छ । लिगको यो अन्तिम सिरिजमा प्रत्येक टाेलीले चार-चार खेल खेल्नेछन् । नेपालले चारै खेल जित्न सके वर्ल्ड कप क्वालिफायरका लागि छनोट हुनेछ ।

बिहीबार सुरु भएको नेपाल र पपुवा न्यूगिनीबीचको खेल कान्तिपुर टिभी वा कान्तिपुर सिनेप्लेक्स च्यानलबाट हेर्न सकिन्छ । यदि तपाईँ टिभी सेटको पहुँचमा हुनुहुन्न भने कान्तिपुर टिभीको यो वेबसाइट वा मोबाइल एप (एन्ड्रोइड/आईओएस) मार्फत खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नुहुन्छ । 

साथै विभिन्न टेलिभिजन सेवाप्रदायकको ओटीटी एपमार्फत पनि खेलको प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ । यसअन्तर्गत नेटटिभीको मोबाइल एपबाट निःशुल्क खेल हेर्न सकिन्छ । त्यस्तै निश्चित देशहरूमा आईसीसीको यो वेबसाइटमार्फत पनि खेल हेर्न सकिनेछ ।

नेटटिभीबाट खेल हेर्ने तरिका
- प्ले स्टोरमा अथवा एपस्टोरमा गएर 'नेटटिभी'  (NetTV) ​इन्स्टल गरेर ओपन गर्नुहोस् ।

- गेट स्टार्टेड (Get started) मा क्लिक गर्नुहोस् ।

- एप कसरी प्रयोग गर्ने भनेर दिइने निर्देशनहरूलाई स्किप गर्दै लगइनको पेजमा जानुहोस् । त्यहाँ गएर तपाईँले विभिन्न माध्यमबाट एपमा साइन-इन गर्न सक्नुहुन्छ । यदि तपाईँ वर्ल्डलिंकको प्रयोगकर्ता हुनुहुन्छ भने 'साइन इन विथ योर आईएसपी' अप्सनमा क्लिक गरेर आफ्नो युजरनेम र पासवर्ड राखेर लगइन गर्न सक्नुहुन्छ । अथवा साइन इन विथ गुगल, फेसबुक वा एनसेल गरेर आवश्यक विवरण भरेर लगइन गर्न सक्नुहुन्छ ।

- यसपछि स्क्रिनको बायाँतिर सबैभन्दा माथि भएको 'लाइभ टिभी' मा क्लिक गर्नुहोस् ।

- कान्तिपुर टिभीले साे खेलको प्रत्यक्ष प्रसारण गर्नेछ । कान्तिपुर टिभी अथवा कान्तिपुर सिनेप्लेक्स च्यानलमा ट्याप गरेर खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: फागुन २५, २०७९ १२:१७