close

राहदानी विभागको सेवा भोलि बन्द नहुने

टेकपाना टेकपाना

चैत ६, २०७९ १३:४३

राहदानी विभागको सेवा भोलि बन्द नहुने

काठमाडौं । राहदानी विभागले भोलि मंगलबार पनि सेवा दिने भएको छ ।

सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएपनि राहदानी विभागले भने सेवा दिने भएको हो ।

एक सूचना जारी गर्दै विभागले मंगलबार बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म कार्यालय खोलिने जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: चैत ६, २०७९ १३:४३