काठमाडौं । समाचार कपी गर्ने १५ ओटा न्युज पोर्टल प्रेस काउन्सिलकाे कारबाहीमा परेका छन् । न्युज एजेन्सी नेपालले उत्पादन गरेका समाचार चोरी गरी आफ्नो अनलाइन पोर्टलमा पुनः प्रकाशन गरेकाे पाइएकाले नियामक काउन्सिलले कारबाही गरेकाे हाे ।
काउन्सिलले यी अनलाइन पोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी प्रतिबन्ध लगाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।कारबाहीमा पर्ने १५ ओटा वेबपोर्टलहरू नियमअनुसार दर्ता एवं सूचीकरण नभएकाे काउन्सिलले उल्लेख गरेकाे छ ।
"उक्त वेब पोर्टलहरूबाट सम्प्रेषित सामग्री अनुगमन गर्दा समेत हुबहु गरेको र पत्रकार आचारसंहिता प्रतिकूल भएको देखिनुका साथै उक्त वेबपोर्टलहरु नियमानुसार दर्ता एवं सूचीकरण भएको नदेखिएको हुँदा अर्को व्यवस्था नभएसम्मका लागि नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि निर्णयानुसार अनुरोध छ," प्रेस काउन्सिलले दूरसञ्चार प्राधिकरणलाई पठाएको पत्रले लेखिएको छ ।
यी हुन कारबाहीमा पर्ने अनलाइन पोर्टल:
www.banikhabar.com
www.harekinfo.com
www.sanchartime.com
www.khabarpapers.com
www.malayakhabar.com
www.hamrorastra.com
www.directsamachar.com
www.kantipurpati.com
www.banikhabar.com
www.harekinfo.com
www.sanchartime.com
www.khabarpapers.com
www.malayakhabar.com
www.hamrorastra.com
www.directsamachar.com
www.kantipurpati.com
पछिल्लो अध्यावधिक: चैत २२, २०७९ १७:१०
