close

पीएमपीएल साउथ एसिया स्प्रिङको फाइनलमा ८ नेपाली पब्जी टिम

टेकपाना टेकपाना

चैत २७, २०७९ १३:५१

पीएमपीएल साउथ एसिया स्प्रिङको फाइनलमा ८ नेपाली पब्जी टिम

काठमाडौं । पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया स्प्रिङ २०२३ को अन्तिम चरण (फाइनल) मा आठ नेपाली टिम पुगेका छन् । आइतबार भएको लिग चरणको खेलबाट १० मध्ये आठ नेपाली टिम फाइनलमा पुग्न सफल भएका हुन् ।

आठ टिमले २० टिममध्ये शीर्ष १६ भित्र रहँदै फाइनलमा पुगेका हुन् । अङ्क तालिकाको पहिलो र दोस्रो स्थानमा भने क्रमश: मङ्गोलियन टिम 'फो मिराकल भाइब्स' र 'स्टलवार्ट ई-स्पोर्ट्स' रहेका छन् ।

पहिलो स्थानमा रहेको 'फो मिराकल भाइब्स'को कूल ५९९ पोइन्ट रहेको छ, जसमा ३८९ एलिमिनेसन र १० चिकेन डिनर समावेश छ । दोस्रो स्थानमा रहेको 'स्टलवार्ट ई-स्पोर्ट्स'को ५९२ तथा तेस्रो स्थानमा रहेको नेपाली टिम 'ट्रेन टु किल'को ४३८ पोइन्ट रहेको छ ।

त्यस्तै पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२२ मा दोस्रो भएको नेपाली टिम 'डीआरएस गेमिङ'ले अङ्क तालिकाको पाँचौ स्थानमा रहँदै फाइनलमा स्थान बनाउन सफल भएको छ । 'स्काइलाइट गेमिङ', 'इलिमिनेट क्रु' र 'लियो ई-स्पोर्ट्स' क्रमश: आठौँ, नवौँ र १० औँ स्थानमा रहेका छन् ।

बाँकी नेपाली टिमको कुरा गर्ने हो भने 'हाइ भोल्टेज ई-स्पोर्ट्स' ११ औँ , 'डेडआइज गाइज' १४ औँ र 'रअ ई-स्पोर्ट्स' १६ औँ स्थानमा रहेका छन् । दुई नेपाली टिम 'एब्रब्ट स्लेयर' र 'इलिमेन्ट्रिक्स ई-स्पोर्ट्स' भने प्रतियोगिताबाट नै बाहिरिएका छन् ।

प्रतियोगिताको अन्तिम चरण अर्थात् फाइनलको खेल १४ अप्रिलदेखि १६ अप्रिलसम्म हुनेछ । यो प्रतियोगिताको कुल पुरस्कार राशि ८० हजार अमेरिकी डलर (करिब एक करोड चार लाख पैँसठ्ठी हजार रुपैयाँ ) राखिएको छ । यसका साथै फाइनलमा शीर्ष १२ भित्र रहने टिमले पब्जी मोबाइल प्रो लिग साउथ एसिया च्याम्पियनसिप स्प्रिङ २०२३ मा पनि सोझै आफ्नो स्थान बनाउने छन् ।

पछिल्लो अध्यावधिक: चैत २७, २०७९ १३:५१