close

बालकलाई चुम्बन गरेको भिडिओ भाइरल भएपछि दलाई लामाले मागे माफी

टेकपाना टेकपाना

चैत २७, २०७९ १५:१९

बालकलाई चुम्बन गरेको भिडिओ भाइरल भएपछि दलाई लामाले मागे माफी

काठमाडौं । अहिले सामाजिक सञ्जालमा तिब्बती धर्मगुरू दलाई लामाको एउटा भिडिओ भाइरल छ ।

भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा निर्वासनमा रहेका लामाले उक्त भिडिओमा एक बालकको ओठमा चुम्बन गर्छन्, त्यसपछि आफ्नो जिब्रोमा पनि चुम्बन गर्न आग्रह गर्छन् ।

भिडिओलाई लिएर सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि लामाले ती बालकको परिवारसँग माफी मागेका छन् । लामाले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, ''उक्त बोली र व्यवहारबाट ती बालक र उनका परिवारलाई चोट पुगेको भए माफी माग्न चाहन्छु ।''

केही शीर्ष बौद्ध धर्मगुरुहरूले दलाई लामा चञ्चल स्वभावको भएको र उनले यसरी नै जिस्क्याउने गरेको अभिव्यक्ति दिएका छन् । जिब्रो र नाक तिब्बती संस्कृतिको एक भाग भएको भन्दै उनीहरूले सकारात्मक टिप्पणी गरेकाे विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
 

This is unbecoming and no one should justify this I’ll-conduct of @DalaiLama pic.twitter.com/ASdiooYpXb

— Deepika Pushkar Nath (@DeepikaSRajawat) April 9, 2023

पछिल्लो अध्यावधिक: चैत २७, २०७९ १५:४१