close

युवतीको टिकटक भिडिओ एडिट गरी अश्लील सामग्री तयार पार्ने एक जना पक्राउ

टेकपाना टेकपाना

चैत २७, २०७९ १८:४९

युवतीको टिकटक भिडिओ एडिट गरी अश्लील सामग्री तयार पार्ने एक जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका २० वर्षीय कादिर मोनिन रहेका छन् ।

साइबर ब्यूरोका अनुसार आरोपित मोनिनले पीडित महिलाको फेसबुक अकाउन्टको टाइमलाइन, टिकटक तथा इन्स्टाग्रामबाट फोटो र भिडिओ डाउनलोड गर्थे । डाउनलोड गरेका फोटो तथा भिडिओलाई एडिट गरेर नक्कली अकाउन्ट खोली त्यसैमा अश्लील क्याप्सन राखेर पोस्ट गर्थे । र, महिलाको चरित्रहत्या गर्थे ।

पीडित महिलाको उजुरीका आधारमा शुक्रबार झापाबाट मोनिनलाई पक्राउ गरिएको साइबर ब्यूराेले जनाएकाे छ । ब्यूरोका अनुसार मोनिनमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

पछिल्लो अध्यावधिक: चैत २७, २०७९ १८:४९