close

नयाँ वर्षमा आइएमई पेको शतप्रतिशत क्याशब्याक अफर

टेकपाना टेकपाना

चैत ३०, २०७९ १८:१९

नयाँ वर्षमा आइएमई पेको शतप्रतिशत क्याशब्याक अफर

काठमाडौं । आइएमई पेले नयाँ वर्ष २०८० को अवसर पारी “आइएमई पेसँग २०८०, १००% खुशी” नामक अफर सार्वजनिक गरेको छ ।

भाेलिदेखि वैशाख महिनाभर सञ्चालन हुने यस अफर अवधिभर प्रत्येक हप्ता आइएमई पेका विभिन्न सेवा सुविधा प्रयोग गर्ने १० भाग्यशाली सेवाग्राहीले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

अफरमा सहभागी हुन सेवाग्राहीहरुले आइएमई पेमार्फत भिसा कार्ड, पी टु पी, क्यूआर, हवाई टिकट खरिद, रेमिट्यान्स लगायतका सेवा प्रयोग गरी कारोबार गर्नुपर्ने बताइएकाे छ ।

ग्राहकलाई आइएमई पेबाट सजिलै विद्युतीय भुक्तानी गर्न प्रेरित गर्ने उदेश्यका साथ यो अफर सञ्चालन गरिएको कम्पनीकाे भनाइ छ ।

पछिल्लो अध्यावधिक: चैत ३०, २०७९ १८:१९