close

ट्राफिक जरिवानाको अनलाइन भुक्तानीमा समस्या, सेवाग्राही प्रभावित

टेकपाना टेकपाना

बैशाख ३, २०८० ९:३१

ट्राफिक जरिवानाको अनलाइन भुक्तानीमा समस्या, सेवाग्राही प्रभावित

काठमाडौं । नेपाल प्रहरीको अनलाइन सेवा समस्या आएको छ । अनलाइन सेवामा समस्या आउँदा प्रहरीले उपलब्ध गराउने चारित्रिक प्रमाण-पत्रको लागि सेवाग्राहीले आवेदन दिन सकिरहेका छैनन् । साथै अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणालीमा पनि समस्या आएको प्रहरीले जनाएको छ । 

एक सूचना जारी गर्दै नेपाल प्रहरीले अनलाइन प्रणालीमा प्राविधिक समस्या आएको जानकारी दिएको छ । यद्यपि कहिलेसम्म समस्या समाधान हुनेछ भन्ने विषयमा भने प्रहरीले कुनै पनि जानकारी दिएको छैन । 

"प्राविधिक समस्याका कारण अनलाइन प्रहरी चारित्रिक प्रमाण-पत्र प्रणाली र अनलाइन ट्राफिक निमय उल्लङ्घन जरिवाना भुक्तानी प्रणालीको प्रयोगमा अवरोध आइरहेको हुँदा सो अवधिमा यहाँहरूलाई पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी छौँ," सूचनामा उल्लेख गरिएको छ । 

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८० ९:३१