close

सामाजिक सञ्जालमा भाइरल लेन मिचेको सरकारी गाडी प्रहरीको नियन्त्रणमा

टेकपाना टेकपाना

असार १६, २०८१ १५:३६

सामाजिक सञ्जालमा भाइरल लेन मिचेको सरकारी गाडी प्रहरीको नियन्त्रणमा

काठमाडौं । सवारी नियम उलङ्घन गरेको भन्दै सामाजिक सञ्जालमा भाइरल सरकारी गाडी कारबाहीमा परेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतवार बा १ झ ७६७५ नम्बरको सरकारी नम्बर प्लेटको गाडीलाई कारबाही गरेको हो ।

लेन रोड डिभाइडर नाघेर अर्को लेनमा पुगेको उक्त गाडीको भिडिओ बाहिरिएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । सामाजिक सञ्जाल प्रयोगकर्ताले नेपाल प्रहरीलाई मेन्सन गर्दै कारबाही गर्न अनुरोध गरेका थिए । त्यसपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले गाडी फेला पारी कारबाही गरेको हो । 

“...सरकारी गाडीले सवारी नियम उलङ्घन गरी सवारी चलाएको विषयमा विभिन्न प्रतिक्रिया र गुनासो गरेको पाइएकोमा उक्त सवारी साधन र चालकलाई यस काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खोजतलास र अनुसन्धान गरी उक्त सवारी साधनलाई फेला पारी सो सवारीका चालकलाई लेन अनुशासन विपरीत सवारी चलाएको कसुरमा कारवाही गरिएको,” कार्यालयले पोस्टमार्फत लेखेको छ ।

पछिल्लो अध्यावधिक: असार १६, २०८१ १५:३९