काठमाडौं । सामसङले आफ्नो स्मार्टफोनको डिफल्ट सर्च इन्जिनबाट गुगललाई हटाउने तयारी गरेकाे छ । सर्च इन्जिनमा गुगलसँगकाे लामो सहकार्य टुङ्ग्याउने निचाेडमा सामसङ पुगेकाे हाे ।
द न्यू योर्क टाइम्सकाे एक समाचारमा सामसङले गुगलको सट्टा बिङलाई डिफल्ट सर्च इन्जिन बनाउने तयारी गरेको उल्लेख गरेकाे छ । अहिले गुगलले सामसङसँगको सहकार्यबाट वार्षिक तीन अर्ब डलरभन्दा धेरै कमाइ गर्दै आएको छ ।
सामसङले सहकार्य परिवर्तन गरे गुगललाई ठूलो नोक्सानी हुने अनुमान गरिएकाे छ । पछिल्लाे समय एआई एकीकृत गरी फरक फिचर उपलब्ध गराउन थालेकाे बिङ सर्च इन्जिनसँग सामसङ जाेडिँदा प्रयाेगकर्ताले फरक अनुभूति गर्नेछन् ।
सामसङले डिफल्ट सर्च इन्जिन परिवर्तन गर्नेबारे आधिकारिक निर्णय भने गरिसकेको छैन ।