close

पैसा तिरेर यसरी प्राप्त गर्नुहोस् ट्वीटरमा ब्लु टिक

टेकपाना टेकपाना

बैशाख ८, २०८० १४:११

पैसा तिरेर यसरी प्राप्त गर्नुहोस् ट्वीटरमा ब्लु टिक

काठमाडौं । ट्वीटरले शुक्रबारदेखि शुल्क नतिर्ने प्रयोगकर्ताको भेरिफिकेसन मार्क (ब्लु टिक) हटाउन सुरु गरेको छ । यससँगै शुल्क नतिर्ने सर्वसाधारण र संस्थादेखि चर्चित व्यक्ति तथा कम्पनीले आफ्नो आफ्नो भेरिफिकेसन मार्क गुमाएका छन् ।

आज हामी ट्वीटरमा शुल्क तिरेर अकाउन्ट कसरी ब्लु टिक प्राप्त गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ ।

यदि तपाईंले ब्लु टिक लिन खोज्नुभयो भने कम्प्युटर ब्राउजरबाट अकाउन्ट भरिफाइ गराउँदा मासिक आठ डलर (करिब एक हजार ४० रुपैयाँ) लाग्छ भने एन्ड्रोइड वा आईओएसबाट अकाउन्ट भरिफाई गराउँदा मासिक ११ डलर तिर्नुपर्ने हुन्छ ।

त्यस्तै गोल्डेन टिक लिनका लागि मासिक एक हजार डलर (करिब एक लाख ३१ हजार रुपैयाँ) तिर्नुपर्ने हुन्छ ।

यति शुल्क तिर्न तयार हुनुहुन्छ भने आफ्नो ट्वीटर अकाउन्टमा ब्लु टिक ल्याउन सक्नुहुन्छ ।

१. सबैभन्दा पहिले आफ्नो डिभाइमा ट्वीटर खोल्नुहोस् ।

२. त्यसपछि मासिक वा वार्षिक कुन सब्सक्रिप्सन लिने भन्ने छान्नुहोस् ।

३. अनि तलपट्टि देखाइएको ($8.00/month) को अप्सनमा क्लिक गर्नुहोस् ।

४. यति गरेपछि तपाईंले आफ्नो फोन नम्बर भेरिफाई गर्नुपर्ने हुन्छ । त्यसका लागि (Verify your phone number) को बटनमा क्लिक गर्नुहोस् ।

५.  आफ्नो ट्वीटर ह्यान्डलको पासवर्ड राखेर कन्टिन्युको अप्सनमा जानुहोस् ।

६. यति गरेपछि (Your Phone number) को बक्समा आफ्नो फोन नम्बर राख्नुहोस् ।

७. त्यसपछि भेरिफाई फोनको पपअप खुल्छ । त्यसमा 'OK' बटनमा जानुहोस् ।

८. एसएमएसमा आएको भेरिफिकेसन नम्बर राखेर नम्बर भेरिफाई गर्नुहोस् ।

यसरी नम्बर भेरिफाई गरेपछि पहिलेकै प्रक्रियामा पुगिन्छ । अर्थात् तपाईंले आफ्नो अकाउन्ट भेरिफाई गरेपछि मात्र ब्लु टिकका लागि आवेदन दिन सक्नुहुन्छ ।

यसरी नम्बर भेरिफाई गरेपछि तपाईं पहिलेकै प्रक्रियामा पुग्नुहुन्छ । त्यसपछि वार्षिक छान्ने वा मासिक कुन छान्ने भन्ने कुरालाई ख्याल गर्नुहोस् ।

यसरी मासिक छानेपछि तल रहेको ($8.00/month) को अप्सनमा ट्याप गर्नुहोस् । यति गरेपछि तपाईंले आफ्नो इमेल राख्नुहोस् । अनि (भिजा, मास्टरकार्ड वा डलरकार्डको नम्बर राख्नुहोस्), अनि कार्डमा भएको नाम राख्नुहोस् ।

यति गरेपछि 'सब्स्क्राइब' अप्सनमा क्लिक गर्नुहोस् ।

यदि तपाईंले राखेरका विवरणहरू सही छन् भने त्यसको केही समयमा नै तपाईंको अकाउन्टमा ब्लु टिक देखा पर्छ ।

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८० १५:३०