मौन अवधिमा भ्वाइस मेसेज पठाएपछि काँग्रेस उम्मेदवार भट्टराईलाई आयोगले माग्यो स्पष्टीकरण
बैशाख १०, २०८० १३:२७
काठमाडौं । मौन अवधिमा भ्वाइस मेसेज मार्फत भोट मागेको आरोपमा निर्वाचन आयोगले तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. को उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईसँग स्पष्टिकरण माग गरेको छ ।
आयोगको जिल्ला आचारसंहिता अनुगमन समितिले भट्टराईलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन निर्देशन दिएको छ । भट्टराईले वैशाख ७ गते राती १२ बजेपछि प्रचार प्रसार निषेधको अवधि सुरु भइसकेपछि निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी मोबाइल नम्बर ९८८०२९८८०२ बाट भ्वाइस मेसेजमार्फत मत मागेको आयोगले जनाएको छ ।
"‘आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन ?’ मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँ, दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत उपस्थित भइ २४ घण्टाभित्र स्पष्टिकरण पेस गर्न भनिएको छ," आयोगको सूचनामा उल्लेख गरिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १०, २०८० १३:२७
