close

एयरलाइन्सको गल्तीले सवा ३ करोड पर्ने २५ टिकट एक जनाले २ लाख २३ हजारमै हात पारे

टेकपाना टेकपाना

बैशाख १०, २०८० २०:१५

एयरलाइन्सको गल्तीले सवा ३ करोड पर्ने २५ टिकट एक जनाले २ लाख २३ हजारमै हात पारे

काठमाडौं । जापानिज एयरलाइन्स कम्पनीको गल्तीले १० हजार डलर मूल्यका २५ टिकट औसत ३०० अमेरिकी डलरमा बेचिन पुगेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ब्लुमवर्गका अनुसार जापानी एयरलाइन्स कम्पनी अल निप्पन एयरवेजले आफ्नो बिजनेस क्लासको टिकटको गलत मूल्य राख्दा यस्तो घटना भएको हो । 

एयरवेज कम्पनीले इन्डोनेसियाको राजधानी जकार्ताबाट जापान, न्यूयोर्क र त्यहाँबाट सिंगापुरका साथै दक्षिणपूर्वी एसियाका विभिन्न स्थानको टिकटको मूल्य गलत राखेको उल्लेख छ । कम्पनीले भने भियतनामी वेबसाइटमा मुद्रा रूपान्तरण गर्ने क्रममा त्रुटी भएकाले उक्त घटना भएको बताएको छ ।

यो गल्तीको फाइदा उठाउँदै धेरैले कम मूल्यमा महँगो टिकट किनेका छन् । जसमध्ये हर्मन यिप नामका व्यक्ति पनि एक हुन् । उनले कूल दुई लाख ५० हजार डलर पर्ने २५ ओटा टिकट मात्र १७ हजार अमेरिकी डलरमा किन्न भ्याएका थिए ।

कम्पनीले उक्त घटनाको बेला बिक्री भएका टिकटलाई मान्यता दिने भएको छ । निप्पन एयरवेज यसरी गल्तीवश कम मूल्यमा टिकट बेच्ने पहिलो एयरलाइन्स भने होइन । यस अघि सन् २०१९ मा हङकङ एयरलाइन्स क्याथे प्यासिफिकले यस्तै गल्ती गरेको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८० २०:१५