close

ए सिरिजका सस्ता स्मार्टफोनमा ४ वर्षसम्मको एन्ड्रोइड अपडेट दिँदै सामसङ

टेकपाना टेकपाना

बैशाख १४, २०८० २१:२

ए सिरिजका सस्ता स्मार्टफोनमा ४ वर्षसम्मको एन्ड्रोइड अपडेट दिँदै सामसङ

काठमाडौं । सामसङले आफ्नो ए सिरिजको सस्तो फोन ग्यालेक्सी ए२४ मा ‍चार वर्षको ओएस अपडेट दिने भएको छ । हालै सार्वजनिक भएको ए सिरिजको उक्त फोनले अब एन्ड्रोइड १७ सम्म अपडेट पाउने छ । 

एन्ड्रोइड १३ मा आधारित सो फोनमा साससङले पाँच वर्षसम्म सेक्युरिटी अपडेट दिने छ । यसमा ६.५ इन्चको फुल एचडी एमोलेड डिस्प्ले राखिएको छ । दुई ओटा रङ्गमा उपलब्ध यो फोनमा ९० हर्जसम्मको रिफ्रेश रेट रहेको छ ।

त्यस्तै फोनमा मिडिया टेक हेलियो जी ९९ चीपसेट प्रयोग गरिएको छ भने ५००० एमएएच ब्याट्री सहित २५ वाटको फास्ट चार्जिङ पनि दिइएको छ । 

यो फोन  ६ र ८ जीबी र्‍याम गरी दुई ओटा भेरियन्टमा उपलब्ध छ । साथै माइक्रो एसडी कार्डबाट फोनको स्टोरेज क्षमता १ टीबीसम्म बढाउन सकिने बताइएको छ ।

फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा दिइएको छ । सेल्फी पारखीका लागि यसमा १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।

६ जीबी र्‍‍याम भएको यो फोनको मूल्य २७६ अमेरिकी डलर (करिब ३६ हजार रुपैयाँ) र ८ जीबी र्‍यामको २९७ डलर  (करिब ३९ हजार रुपैयाँ) रहेको छ । आफ्नो मिड रेन्जको स्मार्टफोनको रुपमा सासङले सन् १०१४ देखि यो सिरिजका फोन उत्पादन गर्न थालेको हो । 

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८० २१:२