close

विन्डोज १० मा अब नयाँ अपडेट नआउने

टेकपाना टेकपाना

बैशाख १६, २०८० २१:३८

विन्डोज १० मा अब नयाँ अपडेट नआउने

काठमाडौं । माइक्रोसफ्टले विन्डोज १० मा थप अपडेट उपलब्ध नगराउने भएको छ । योसँगै विन्डोज १० मा टू एच टूटू (2H22) अन्तिम भर्सन हुने भएको हो ।

कम्पनीले एक ब्लग लेख्दै अब नयाँ अपडेट नआउने स्पष्ट पारेकाे छ ।

कम्पनीले विन्डोज १० होम र विन्डोज ११ प्रोको बिक्री बन्द गरेर यस कदमको अगाडि नै सङ्केत गरेको थियो । यद्यपि सेक्युरिटी अपडेट भने अक्टोबर १४, २०२५ सम्म उपलब्ध गराउने माइक्रोसफ्टले बताएको छ । 

२०२१ मा विन्डोज ११ सार्वजनिक गरेसँगै माइक्रोसफ्ट यसमा नै केन्द्रित भइरहेको छ । अहिले कम्पनीले यसमा थुप्रै फिचर उपलब्ध गराएको छ । केही समयअघि माइक्रोसफ्टले विन्डोज १२ विकास गरिरहेको बारे हल्ला समेत फैलिएको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८० २१:४२