close

नेपालमा ई-स्पोर्ट्स पूर्वाधार बनाउन पब्जी मोबाइल र वर्ल्डलिङ्कबीच साझेदारी

टेकपाना टेकपाना

बैशाख १७, २०८० १४:०

नेपालमा ई-स्पोर्ट्स पूर्वाधार बनाउन पब्जी मोबाइल र वर्ल्डलिङ्कबीच साझेदारी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क र प्लेयर अननोन्स ब्याटलग्राउन्ड (पब्जी मोबाइल) ले ई-स्पोर्ट्स पूर्वाधार निर्माणका लागि साझेदारी गर्ने भएको छ । 

नेपालमा बढ्दो गेमिङप्रतिको आर्कषणलाई थप प्रोत्साहन र गेमिङ क्षेत्रलाई व्यवस्थित गर्नको लागि यो साझेदारी गरेको कम्पनीले जनाएको छ । 

यो सम्झौतासँगै नेपालमा ‍गेमिङ क्षेत्रको आवश्यकता सम्बोधन गर्न वल्डलिङ्कले आफ्नो नेटवर्क पूर्वाधार स्थापना गर्ने बताइएको छ । यसमा द्रुत गतिको डाउनलोड र अपलोड स्पिड, कम ल्यान्टेन्सी  लगायतका फिचरहरू हुनेछन् ।

हाल नेपालमा ५० लाख बढी सक्रिय पब्जी गेमर रहेको र यो साझेदारीले नेपालको गेमिङ क्षेत्रको विकास गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने वर्ल्डलिङ्कको विश्वास छ । 

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८० १४:०