close

नेपाल आउँदै कर्भ्ड डिस्प्लेसहित २५६ जीबी स्टोरेज भएको स्मार्टफोन भिभो भी २७

टेकपाना टेकपाना

बैशाख २१, २०८० ९:२९

नेपाल आउँदै कर्भ्ड डिस्प्लेसहित २५६ जीबी स्टोरेज भएको स्मार्टफोन भिभो भी २७

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी भिभोले भी २७ सिरिजका नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले भी २७ र भी २७ ई चाँडै नेपाली बजारमा ल्याउने जनाएको हो ।

नयाँ भी २७ सिरिजमा आकर्षक डिजाइन, शक्तिशाली पर्फर्मेन्स र स्मार्टफोनको अनुभव वृद्धिका लागि विशेष अपग्रेडहरू रहने बताइएको छ । विशेषगरी यो सिरिजका स्मार्टफोन मोबाइल फोटोग्राफीमा ‘गेम चेञ्जर’ हुने दाबी कम्पनीले गरेको छ ।

भिभो मोबाइलमा रहेको औरा लाइट पोट्रेटले पोट्रेट फोटोहरूमा एक्सपोजर बढाउँछ र प्रयोगकर्ताहरूलाई कम प्रकाशको समयमा पनि आकर्षक फोटो खिच्न सघाउँछ । भी २७ मा १२० हर्ज रिफ्रेश रेट भएको कर्भ स्क्रिन र पातला बेजल रहेका छन् ।

२४००X१०८० रेजोलुसन डिस्प्ले रहेको भी२७ मा डाइमेन्सिटी ७२०० (४ एनएम) प्रोसेसर राखिएको छ । जसमा १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज रहेको छ ।

तीन ओटा क्यामेरा राखिएको यो फोनमा ५० मेगापिक्सेलको प्राइमरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रा वाइड एङ्गल लेन्स र २ मेगापिक्सेलको म्याक्रो लेन्स दिइएको छ । अगाडि भागमा अटोफोकस सहितको ५० मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

फोनको ठूलो डिस्प्ले स्ट्रिमिङ तथा ब्राउजिङका उपयुक्त हुने अनुमान लगाउन सकिन्छ । भी २७ ई मा २.५ डी स्क्रिनका साथै १२० हर्ज रिफ्रेश रेट सहितको एमोलेड डिस्प्ले समावेश छ ।

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८० ९:३१