close

नक्कली भुटानी शरणार्थी प्रकरणः यस्तो छ आरजू र बालकृष्ण खाँड 'जोडिएको' अडियो

टेकपाना टेकपाना

बैशाख २४, २०८० १८:१०

नक्कली भुटानी शरणार्थी प्रकरणः यस्तो छ आरजू र बालकृष्ण खाँड 'जोडिएको' अडियो

काठमाडौं । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भ्रष्टाचार काण्डसँग जोडिएको भनिएको अडियो लिक भएको छ । टिकटकमा सार्वजनिक उक्त अडियो अहिले सामाजिक सञ्जालदेखि संसद्सम्म निकै चर्चाको विषय बनेको छ । 

लिक भएको अडियोमा पूर्व प्रधानमन्त्री शेयरबहादुर देउवा पत्नी तथा सांसद आरजू राणालाई साढे दुई करोड र पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई छ करोड रुपैयाँ बुझाएको भनेको सुनिन्छ । दुई जना बीचको मोबाइल कुराकानी जस्तो सुनिने अडियोमा खाँडलाई उनको घरमा श्रीमती मञ्जुले छ करोड रुपैयाँ बुझेको उल्लेख छ । अडियोमै एक व्यक्तिले उक्त रकम बुझाएको रेकर्ड आफूसँग भएको दाबी गरिरहेका छन् । 

अडियो सुन्न यहाँ क्लिक गर्नुहोस् ।

यद्यपि अडियोको आधिकारिकता र त्यसमा कुराकानी गर्ने व्यक्तिहरू कोको हुन् भन्ने कुरा अझै खुलिसकेको भने छैन । एक मिनेट दुई सेकेण्ड लामो अडियोमा सुन्दा सेटिङ मिलाएका कर्मचारीको सरुवा गर्दा आफूहरूको काम नभएको भन्दै एक अर्काले असन्तुष्टि पोखेको जस्तो लाग्छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख २४, २०८० १८:१६