close

२७६ दिनपछि पृथ्वीमा फर्कियो रहस्यमयी चिनियाँ अन्तरिक्षयान

टेकपाना टेकपाना

बैशाख २५, २०८० १९:४६

२७६ दिनपछि पृथ्वीमा फर्कियो रहस्यमयी चिनियाँ अन्तरिक्षयान

काठमाडौं । एक रहस्यमयी चिनियाँ अन्तरिक्षयान २७६ दिनपछि पृथ्वीमा फर्किएको छ । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले दिएकाे जानकारी अनुसार क्र्यु मेम्बर नभएको यो अन्तरिक्षयान उत्तरपश्चिम चीनको जिउक्वान स्याटलाइट लञ्च सेन्टरमा अवतरण भएकाे हाे ।

अगस्ट २०२२ मा पहिलो पटक प्रक्षेपण यान कस्तो थियो, के परीक्षण गरिएको थियो, कति माथि उडेको थियाे, पृथ्वीको कुन कक्षमा रहेको थियो भन्ने विषयमा जानकारी बाहिरिएको छैन ।

तस्वीर चैं छिट्टै सार्वजनिक हुने जनाइएको छ । यो परीक्षणले पुनः प्रयोग गर्न सकिने अन्तरिक्षयान प्रविधिमा चिनियाँ अनुसन्धानलाई ठूलो सफलता दिएको विश्लेषण गरिएकाे छ ।

विशेषगरी भविष्यमा तय गरिने विभिन्न अन्तरिक्ष यात्राको मिसनका लागि यो परीक्षणले सहज बाटो खोलिदिएको सिन्ह्वाले उल्लेख गरेकाे छ ।

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८० १४:२