close

कर्पोरेट पेमा यसरी थप्नुहोस् एक भन्दा धेरै बैंक खाता

टेकपाना टेकपाना

बैशाख २६, २०८० १७:४९

कर्पोरेट पेमा यसरी थप्नुहोस् एक भन्दा धेरै बैंक खाता

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले कर्पोरेट पेमा एकभन्दा धेरै बैंक तथा वित्तीय संस्थाको अकाउन्ट थप्न मिल्ने सुविधा ल्याएकाे छ । यसरी लिङ्क गरिएका सबै अकाउन्टहरू एउटै प्लेटफर्मबाट प्रयोग गर्न सकिने एनसीएचएलले जनाएकाे छ ।

यसले विभिन्न अकाउन्टहरू एउटै प्लेटफर्मबाट व्यवस्थापन गर्न पनि सहयोग गर्छ । एउटै कर्पोरेट पेको अकाउन्टमा विभिन्न बैंक तथा वित्तीय संस्थाको खाता यसरी प्रयोग गर्नुहोस्: 

- कर्पोरेट पेको लगइनमा गएर एड्मिनले आफ्नो लगइन विवरण राखी अकाउन्टमा लगइन गर्नुहोस् । 

- त्यसपछि आफ्नो टुएफए (2FA) कोड राखेर अकाउन्ट खोल्नुहोस् ।

- यसपछि एड्मिनको ड्यासबोर्ड डिस्प्ले देखिनेछन् । उक्त स्क्रिनको बायाँपट्टि भएको कर्पोरेट म्यानेजमेन्टमा क्लिक गरेर इनरोलमेन्ट रिक्वेस्टमा क्लिक गर्नुहोस् । यहाँ तपाईँको कर्पोरेट पेमा लिङ्क भएको अकाउन्टहरू देखिनेछन् । 

- यसपछि स्क्रिनको दायाँतिर माथि भएको ‘Enroll Request’ मा क्लिक गर्नुहोस् 

- एउटा पपअप बक्स स्क्रिनको बीचमा देखिनेछ । त्यहाँ आफूले लिङ्क गर्न चाहेको बैंक र ब्रान्चको नाम सेलेक्ट गरेर ‘Next’ मा क्लिक गर्नुहोस् ।

- यसपछि अर्को पेजमा माग गरिएको खाताको विवरण उपलब्ध गराउनुहोस् र ‘submit’ मा क्लिक गर्नुहोस् ।

- यसपछि एड्मिनको रजिस्टर गरिएको ईमेलमा कन्फर्मेसनको मेल आउँछ । यसपछि आफ्नो लिङ्क भएको अकाउन्ट अथवा पेन्डिङ भएका रिक्वेस्टहरू पनि हेर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८० १७:५०