close

लिङ्क्डइनले जागिरबाट निकाल्यो ७१६ कर्मचारी

टेकपाना टेकपाना

बैशाख २६, २०८० १९:३७

लिङ्क्डइनले जागिरबाट निकाल्यो ७१६ कर्मचारी

काठमाडौं । माइक्रोसफ्टको स्वामित्वमा रहेकाे लिङ्क्डइनले ७१६ कर्मचारी निकाला गरेकाे छ । एक ब्लग लेख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रायन रोस्लान्स्कीले यसबारे जानकारी दिएका हुन् ।

आर्थिक मन्दीको मारले विश्वका चर्चित कम्पनीहरूले क्रमशः कर्मचारी कटौती गरिरहेका बेला लिङ्क्डइन पनि याे निर्णयमा मिसिएको हो । हाल यसका विश्वभर २० हजार कर्मचारी छन् ।

कम्पनीले आफ्नो चिनियाँ एप ‘इनकरियर’ समेत बन्द गर्ने निर्णय गरेकाे छ ।  चीनियाँ रणनीतिमा परिवर्तन गरेका कारण ‘इनकरियर’ बन्द गर्ने निष्कर्षमा पुगेकाे रोस्लान्स्कीले उल्लेख गरे ।

उनले व्यवसायलाई व्यवस्थित गर्न र बजार वृद्धिमा ध्यान केन्द्रित गर्न कर्मचारी हटाउनुपरेको तर्क गरेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८० १९:३७