close

शब्दकै भरमा एनिमेसन बनाइदिने एआई टुल सार्वजनिक

टेकपाना टेकपाना

जेठ २, २०८० २१:५१

शब्दकै भरमा एनिमेसन बनाइदिने एआई टुल सार्वजनिक

काठमाडौं । शब्दकै भरमा चाहेको तस्वीर बनाइदिने टुल विकास भएकाे छ । 'स्टेबल डिफ्युजन' विकासकर्ता 'स्टेबिलिटी एआई' नामक कम्पनीले याे आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल हाले सार्वजनिक गरेको हाे ।

यस टुलले शब्दको आधारमा (प्रोम्ट) एनिमेसन तयार पारिदिने कम्पनीकाे दाबी छ । ‘स्टेबल एनिमेसन एसडीके’ नाम दिइएको टुलबाट डेभलपर तथा कलाकारहरूले स्टेबल डिफ्युजन मोडेल प्रयोग गरी एनिमेसन भिडिओ बनाउन सक्छन् ।

यसमा एनिमेसन बनाउन तीन विकल्प दिइएको छ, जसअन्तर्गत टेक्स्ट, टेक्स्ट र सोर्स इमेज तथा टेक्स्ट र सोर्स भिडिओ रहेका छन् । अर्थात् अब अक्षरसँगै कुनै पनि फोटो/भिडिओका आधारमा समेत एनिमेसन बनाउन सकिनेछ ।

यद्यपि कम्पनीले ड्याल-ई अथवा बिङ इमेज क्रियटरजस्तो यस टुलको वेबसाइट भने बनाएको छैन । यसैले टुल प्रयोग गर्न भने केही अफ्ठ्यारो छ ।

यो टुल प्रयोग गर्न कोडिङसहित अन्य प्राविधिक ज्ञान हुन आवश्यक छ । त्यस्तै यो चलाउँदा लाग्ने खर्च क्रेडिट सिस्टममा आधारित हुन्छ, जुन भिडिओको आकार र थ्रीडी रेन्डर मोडमा निर्भर हुने गर्छ ।

यस टुलबारे थप जान्न वा कसरी प्रयोग गर्ने भनेर थाहा पाउन कम्पनीको वेबसाइटमा जानुहोस् ।

पछिल्लो अध्यावधिक: जेठ २, २०८० २१:५१