close

काठमाडौं बाहिर साइबर सेक्युरिटी पढाउने ‘फोर्ब्स कलेज’

सञ्जीवन राई सञ्जीवन राई

जेठ ४, २०८० १५:११

काठमाडौं बाहिर साइबर सेक्युरिटी पढाउने ‘फोर्ब्स कलेज’

काठमाडौं । राजधानी बाहिर सूचना प्रविधि (आईटी) कोर्ष सञ्चालन गर्ने कलेज निकै कम छन् । त्यसमाथि विदेशी विश्वविद्यालयको कोर्ष अध्यापन गराउने कलेज झनै कम छन् । 

चितवन भरतपुरकाे फाेर्ब्स कलेजले भने स्थापनाकालदेखि नै साइबर सुरक्षासम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसअघि ईएचई युरोपियन विश्वविद्यालय युरिका स्विजरल्याण्डबाट सम्बन्धन लिएर कोर्ष सञ्चालन गरिरहेको कलेजले अहिले युनिभर्सिटी अफ कम्प्युटर साइन्स एन्ड स्किल्स लोद्ज, पोल्याण्डको कोर्ष पढाइरहेको छ ।

माध्यमिक तहमा (प्लस टु) मा जुनै विषय लिएर पढेकाले यस कोर्ष अध्ययन गर्न पाउँछन् । कलेजले वर्षमा एउटा इन्टेक (जनवरी) सञ्चालन गर्छ ।

आईटी काेर्ष

बीसीएस (आईटी) नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी

यो चार वर्षे ८ सेमेस्टरको कोर्ष हो, जसमा विद्यार्थीले २४० क्रेडिट आवर पढ्नुपर्छ । विशेषत: यो कोर्षमा विद्यार्थीलाई नेटवर्किङ तथा साइबर सेक्युरिटी कोर्षका विषय अध्यापन गराइन्छ ।

यसमा नेटवर्क अपरेटिङ सिस्टम, नेटवर्क एन्ड सिस्टम एड्मिनिस्ट्रेसन, नेटवर्क सेक्युरिटी, साइबर सेक्युरिटी एन्ड आईओटीजस्ता कोर्ष रहेका छन् । त्यस्तै ई-कर्मस, सेक्युरिटी अडिट, क्लाउड कम्प्युटिङजस्ता इलेक्टिभ कोर्ष रहेका छन् ।

यो काेर्षमा भर्ना हुन उच्च माध्यमिक तहमा प्रत्येक विषयमा न्यूनतम 'डी' ग्रेड ल्याएकाे हुनुपर्छ । त्यस्तै काेर्षको शुल्क करिब ७ लाख रूपैयाँ तोकिएको छ ।

नन्आईटी कोर्ष

ब्याचरलर अफ होटल म्यानेजमेन्ट (बीएचएम)

ब्याचरलर अफ होटल म्यानेजमेन्ट कोर्षमा विशेष गरेर हस्पिटालिटी तथा होटल अन्तर्गतका विभिन्न विषयबारे अध्यापन गराइन्छ ।

यसमा ‘लर्न एन्ड अर्न’ (सिक र कमाऊ) भन्ने वातावरणमा अध्यापन गराइने कलेजका प्रिन्सिल हरिशरण पाठकले बताए ।

यस कोर्ष पढ्न करिब ८ लाख रुपैयाँ लाग्छ ।

विद्यार्थीलाई सुविधा

कलेजले पाठ्यक्रमबाहेक अतिरिक्त कुरा पढाउन सिस्को नेटवर्क एकेडेमी, ईसी काउन्सिल एकेडेमिया, डियरवाक आईटी कम्पनी आदिसँग सहकार्य गरेको छ ।

यसले गर्दा सिस्को सर्टिफाइड नेटवर्क एसोसिएट (सीसीएनए), कम्प्युटर नेटवर्क डिफेन्स (सीएनडी), सर्टिफाइड इथिकल ह्याकर (सीईएच) जस्ता प्रोफेसनल सर्टिफिकेसन विद्यार्थीले कलेज तहमा नै पाइरहेकाे प्रिन्सिपल पाठक बताउँछन् । 

शब्द-चित्रमा कलेज

कलेज नाम: फोर्ब्स कलेज

स्थापना: वि.सं. २०७४

सम्बन्धन: युनिभर्सिटी अफ कम्प्युटर साइन्स एन्ड स्किल्स् लोद्ज, पोल्याण्ड

सञ्चालक समिति: राजकुमार दाहाल, हरिशरण पाठक, दिवस मैनाली, सुलभ अधिकारी

प्रिन्सिपल: हरिशरण पाठक

विद्यार्थी: २५०

शिक्षक/कर्मचारीः ४०

सम्पर्क

वेबसाइट: forbescollege.edu.np

टेलिफाेन: ०५६-५९४३००/५९४३०१

ईमेल: [email protected]

ठेगाना: भरतपुर, चितवन

पछिल्लो अध्यावधिक: जेठ ४, २०८० १६:३५