close

डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरिने

टेकपाना टेकपाना

जेठ ५, २०८० १७:५५

डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरिने

काठमाडौं । सरकारले डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद्‌मा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।  

उनले डिजिटल नेपाल फ्रेमवर्कलाई समसामयिक परिमार्जन गरी प्रभावकारी कार्यान्वयन गरिने बताए । त्यस्तै दूरसञ्चार सेवालाई थप सर्वसुलभ, गुणस्तरीय र  प्रभावकारी बनाउन नयाँ दूरसञ्चार विधेयक तर्जुमा गरिने र दूरसञ्चार पूर्वाधारको निर्माण र प्रयोगमा रहेको दोहरोपन हटाउन पूर्वाधार सह प्रयोगलाई प्रोत्साहन गरिने नीति समेत सरकारले  लिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १७:५५