काठमाडौं । सरकारले देशका सातै प्रदेशका टेलिमेडिसिन सेन्टर स्थापना गर्ने घोषणा गरेको छ ।
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । उनका अनुसार प्रदेश स्तरमा सेन्टर फर एक्सिलेन्सको रुपमा राष्ट्रिय र प्रदेश स्तरीय टेलिमेडिसिन सेन्टर स्थापना गर्दै लगिने छ ।