close

हेलो सरकारको सेवा स्थानीय तहसम्म विस्तार गरिने

टेकपाना टेकपाना

जेठ ५, २०८० १८:४०

हेलो सरकारको सेवा स्थानीय तहसम्म विस्तार गरिने

काठमाडौं । सरकारले जनगुनासो सुन्न सञ्चालनमा ल्याएको हेलो सरकारलाई स्थानीय तहसम्म विस्तार गर्ने घोषणा गरेको छ ।

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसको जानकारी गराएका हुन् । 

उनका अनुसार हेलो सरकारलाई थप प्रभावकारी बनाई स्थानीय तहसम्म विस्तार गरी सरकारी कार्यालयबाट हुने सेवाको गुणस्तर अभिवृद्धि गरिनेछ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १८:४०