close

राष्ट्रिय प्राविधिक तथा व्यावसायिक प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने

टेकपाना टेकपाना

जेठ ५, २०८० १८:५३

राष्ट्रिय प्राविधिक तथा व्यावसायिक प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने

काठमाडौं । सरकारले राष्ट्रिय प्राविधिक तथा व्यावसायिक प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम मार्फत यस्तो घोषणा गरिएको हो । 

शुक्रबार संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले श्रम बजारको माग अनुसारको सीप युक्त मानव संसाधन उत्पादनका लागि सरकारी तालिम प्रदायक संस्थाहरूलाई एकीकरण गरी प्रतिष्ठान स्थापना गरिने बताए । 

युवासँग सरकार, हुने छैन बेरोजगार अभियान अन्तर्गत आगामी दुई वर्षभित्र पाँच लाख थप आन्तरिक रोजगारी सिर्जना गर्न निजी क्षेत्रसँगको सहकार्यमा राष्ट्रिय सीप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

त्यस्तै प्रत्यक्ष जोडिने रोजगार र उद्यमशीलता सम्बन्धित संस्था, कोष तथा कार्यक्रमलाई समेत एकीकृत गर्ने नीति सरकारले लिएको राष्ट्रपति पौडेलले बताए ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १८:५३