close

राजमार्गहरूमा स्मार्ट रोड साइड स्टेसन निर्माण गरिने

टेकपाना टेकपाना

जेठ ५, २०८० १८:५८

राजमार्गहरूमा स्मार्ट रोड साइड स्टेसन निर्माण गरिने

काठमाडौं । सरकारले राजमार्गहरूमा स्मार्ट रोड साइड स्टेसन निर्माण गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत यस्तो घोषणा गरिएको हो ।

शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक निजी साझेदारीमा यस्ता स्टेसन निर्माण गरिने बताए ।

सहरी तथा राजमार्ग वरपर यात्री, पर्यटक, सेवाग्राहीको अत्यधिक चाप हुने सार्वजनिक स्थानमा कम्तीमा एक हजार सुविधा सम्पन्न शौचालय र विश्राम स्थल निर्माण गर्ने विषय समेत नीतिमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० २०:५२