close

अब युट्युबमा 'स्टोरी' राख्न नमिल्ने

टेकपाना टेकपाना

जेठ १३, २०८० १४:५

अब युट्युबमा 'स्टोरी' राख्न नमिल्ने

काठमाडौं । युट्युबले स्टोरी फिचर हटाउने भएको छ । अन्य सामाजिक सञ्जालका प्लेटफर्ममा जस्तै युट्युबमा पनि निश्चित समयको लागि स्टोरी राख्न मिल्ने फिचर थियो । तर जुन २६ देखि लागू हुने गरी कम्पनीले यो फिचर हटाउने भएको छ । 

युट्युबको शर्ट्स र कम्युनिटी पोस्ट फिचरका लागि स्टोरी राख्न मिल्ने फिचर हटाउन लागेको कम्पनीको भनाइ छ । छोटो भिडिओ तथा साना पोस्टहरूको लागि शर्ट्स र कम्प्युनिटी पोस्ट उपयुक्त रहेको भन्दै कम्पनीले युट्युब स्टोरी फिचर हटाउन लागेको हो । 

साथै स्टोरीले भन्दा शर्ट्सले प्लेटफर्ममा धेरै ट्राफिक ल्याएको कारण पनि कम्पनीले यो फिचर हटाउन लागेको हो । 

कम्पनीले सन् २०१७ देखि यो फिचरको सुरुवात गरेको थियो । सुरुमा रिल्सको नाम दिएर सुरु गरेको यो फिचरको नाम पछि गएर स्टोरी राखिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १३, २०८० १४:५