close

सामाजिक सञ्जाल प्रयोगलाई मर्यादित बनाइनेछः अर्थमन्त्री

टेकपाना टेकपाना

जेठ १६, २०८० ९:०

सामाजिक सञ्जाल प्रयोगलाई मर्यादित बनाइनेछः अर्थमन्त्री

काठमाडौं । सरकारले सामाजिक सञ्जालमा आधारित सञ्चारमाध्यमलाई नियमन गर्न कानूनी व्यवस्था ल्याउने भएको छ । 

सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सामाजिक सञ्जालमा आधारित सञ्चारमाध्यमलाई  नियमन गरिने बताएका हुन् ।

“सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म र डिजिटल मिडिया प्रयोगलाई व्यवस्थित र मर्यादित बनाइनेछ," उनले भने, "सामाजिक सञ्जालमा आधारित सञ्चार माध्यमलाई औपचारिक दायरामा आउन प्रोत्साहन गर्नुका साथै नियमनका लागि कानुनी व्यवस्था सुधार गरिनेछ ।”

पछिल्लो अध्यावधिक: जेठ १६, २०८० ११:१२