close

आज सार्वजनिक हुँदै एप्पलको नयाँ हेडसेटदेखि म्याकबुकसम्म, यसरी हेर्नुहोस् लाइभ

टेकपाना टेकपाना

जेठ २२, २०८० ८:११

आज सार्वजनिक हुँदै एप्पलको नयाँ हेडसेटदेखि म्याकबुकसम्म, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । हरेक वर्ष आयोजना हुँदै आएको एप्पलको वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स (डब्लुडब्लुडीसी) यो वर्ष भने आज आयोजना हुँदैछ । हरेक वर्ष झै यो वर्ष पनि कम्पनीले यस कार्यक्रममा मार्फत बजारमा धेरै नयाँ उत्पादन सार्वजनिक गर्ने अपेक्षा छ । ती मध्ये यो वर्षको सबैभन्दा ठूलो आकर्षणको रुपमा एप्पलको एआर/भीआर हेडसेट रहेको छ । 

कम्पनीले के के सार्वजनिक गर्दैछ भनेर थाहा पाउनका लागि कार्यक्रमको लाइभ हेर्न सकिन्छ । कार्यक्रम आज राती १०:४५ बाट सुरु हुनेछ । कार्यक्रमको लाइभ एप्पलको आधिकारिक वेबसाइट अथवा युट्युब च्यानलबाट पनि हेर्न सकिन्छ । 

के के सार्वजनिक हुँदैछन्  ? 

रियालिटी प्रो हेटसेट

यो प्रडक्ट एप्पलको नयाँ प्रडक्ट हो । एप्पलको मिक्स्ड रियालिटी हेडसेट यो वर्षको डब्लूडब्लूडीसीमा मुख्य आकर्षणका रूपमा रहने छ । यस हेडसेटले भर्चुअल रियालिटी (भीआर) र अगमेन्ट रियालिटी (एआर) दुवैको अनुभव दिने बताइएको छ । यसमा एक्सआर ओएस प्रयोग गरिने बताइएको छ । 

१५ इन्चको म्याकबुक एयर

यस वर्ष एप्पलले नयाँ आकारमा म्याकबुक एयर ल्याउने भएको छ । कम्पनीले यो वर्ष १५ इन्चको म्याकबुक एयर सार्वजनिक गर्ने तयारी गरिरहेको छ । तर यसमा १४ इन्चको म्याकबुक प्रोको जस्तै रिजोलुसन हुने बताइएको छ । त्यस्तै यसमा एप्पल एमटू प्रोसेसर प्रयोग गरिनेछ । 

आईओएस, आईप्याड ओएस र म्याकओएसमा नयाँ फिचर

एप्पलले यो पटकको डब्लूडब्लूडीसीमा आईओएस, आईप्याड, म्याकओएसमा विभिन्न नयाँ फिचर ल्याउने भएको छ । जसमध्ये आईओएस १७ पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ । यसमा मानिसको आवाज हुबहु कपि गर्न सक्ने पर्सनल भ्वाइस टुल, लक स्क्रिनलाई स्मार्टहोम स्टाइल डिस्प्ले बनाउन सकिने जस्ता फिचर हुने बताइएको छ ।

एप्पलले आईप्याडओएस १७, म्याकओएस १४ र टीभी ओएस १७ मा पनि अपडेट ल्याउने अपेक्षा गरिएको छ । साथै वाच ओएस १० मा पनि धेरै नयाँ अपडेट ल्याउने जनाइएको छ ।  

पछिल्लो अध्यावधिक: जेठ २२, २०८० ८:१२