close

आईओएस १७ मा आएका यी पाँच उत्कृष्ट फिचर

टेकपाना टेकपाना

जेठ २८, २०८० १५:२२

आईओएस १७ मा आएका यी पाँच उत्कृष्ट फिचर

काठमाडौं । एप्पलले हालै आईओएस १७ सार्वजनिक गरेको छ । आईओएस १७ को अपडेटसँगै कम्पनीले धेरै नयाँ फिचरहरू थप गरेको छ । कम्पनीले सार्वजनिक गरेको केही नयाँ फिचर मध्ये पाँच उत्कृष्ट फिचरका विषयमा यहाँ उल्लेख गरिएको छ । 

१. लाइभ भ्वाइसमेल 
आईओएस १७ को अपडेटसँगै अब आईफोन प्रयोगकर्ताले लाइभ भ्वाइसमेल फिचर प्रयोग गर्न पाउनेछन् । यसरी पठाइएको भ्वाइसमेल कलस्क्रिनमा मेसेजको रुपमा पढ्न सकिन्छ । फोन उठाएको नपाएको खण्डमा यो फिचर प्रयोग गर्न सकिन्छ । साथै भ्वाइसमेल आउँदा आउँदै प्रयोगकर्ताले फोन रिसिभ पनि गर्न सक्नेछन् । 

२. स्ट्यान्डबाइ 
कम्पनीले यो पटक आईओएसमा स्ट्यान्डबाइ फिचर थप गरेको छ । यो फिचर एप्पल वाचको नाइटस्ट्यान्ड मोड जस्तै हो । यो फिचर इनेबल गर्दा फोन चार्जिङको अवस्थामा हुँदा पनि लकस्क्रिनमा एकै पटक क्यालेन्डर, समय, मौसमको विवरण र अन्य गतिविधिको नोटिफिकेसन हेर्न सकिन्छ । कम्पनीले आईफोन १४ प्रोमा 'अल्वेज अन डिस्प्ले' को रुपमा यो फिचर दिएको छ । यद्यपि आईओएस १७ को अपडेटसँगै आईफोन १४ प्रो भन्दा पुरानो फोनमा यो फिचर स्ट्यान्डबाइको रुपमा प्रयोग गर्न सकिन्छ । 

३. इन्टर्‍याक्टिभ विजेट 
आईओएस १७ को अपडेसँगै अब आईफोनको होम स्क्रिन तथा लकस्क्रिनमा नै विजेटमा भएका एपहरू त्यही नै प्रयोग गर्न सकिने भएको छ । यसको लागि एप खोलिरहनुपर्ने झन्झट हुँदैन । 

४. किबोर्ड अपडेट 
कम्पनीले अटोकरेक्सन फिचरको लागि नयाँ मसिन लर्निङ मोडेल प्रयोग गरेको छ । अब प्रयोगकर्ताले आफ्ना वाक्यहरू पहिलेभन्दा छिटो पुरा गर्न सक्नेछन् भने कुनै वाक्यहरू त्यहाँ दिइएको सुझाव अनुरुप ट्याप गरेकै भरमा लेख्न सकिनेछ । 

५. एप्पल टिभीमा फेसटाइम 
यदि तपाईँ आईफोनको फेसटाइम (एप्पलको भिडिओ कल फिचर) प्रयोग गर्नुहुन्छ र ठूलो स्क्रिनमा फेसटाइम गर्न चाहनुहुन्छ भने यसको लागि कम्पनीले नयाँ व्यवस्था गरेको छ । अब प्रयोगकर्ताले आफ्नो आईफोन आफ्नो एप्पल टिभीमा कनेक्ट गरेर आईफोनको फेसटाइम टिभीमा गर्न सक्नेछन् । साथै कम्पनीले एप्पल टिभी फेसटाइमको लागि मात्र फरक फिचर पनि ल्याएको  छ । 
  

 

पछिल्लो अध्यावधिक: जेठ २८, २०८० १५:२२