close

एप्पल डिभाइसका लागि उपलब्ध नयाँ ओएस अपडेटमा के के छन् ?

टेकपाना टेकपाना

जेठ २४, २०८० ८:१९

एप्पल डिभाइसका लागि उपलब्ध नयाँ ओएस अपडेटमा के के छन् ?

काठमाडौं । सोमबार आयोजना भएको एप्पलको वर्ल्ड वाइड डेभलपर्स कन्फ्रेन्स (डब्लुडब्लुडीसी) मा कम्पनीले आफ्ना डिभाइसहरूका लागि अपरेटिङ सिस्टमहरूको नयाँ अपडेट सार्वजनिक गरेको छ । कम्पनीले आईओएस ७ सँगै आईप्याडओए १७, वाचओएस १० र म्याकओएस सोनोमा सार्वजनिक गरेको छ । केही नयाँ फिचर र केही पुराना फिचरको समाधान सहित यी नयाँ अपडेटहरू सार्वजनिक भएका छन् । यसले प्रयोगकर्तालाई एप्पल डिभाइसहरूमा नयाँ अनुभव दिने कम्पनीको विश्वास छ । 

आईओएस १७ 

एप्पलले आईओएस १७ मार्फत अटोकरेक्सनदेखि लिएर आईमेसेज, फेसटाइम लगायतका फिचरहरूमा धेरै नयाँ फिचरहरू थप गरेको छ । आईओएस १७ मा प्रयोगकर्ताको टेक्स्ट अनुभवलाई थप व्यावसायिक बनाउन कम्पनीले अटोकरेक्सनलाई थप सुधार गरेको जनाएको छ ।

आईओएस १७ को अपडेटसँगै अब आईमेसेजमा थप नयाँ स्टिकरहरू, ट्रास्क्रिप्ट र इन्टरफेसमा सुधार गरिएको छ । त्यस्तै अब फेसटाइममा भिडिओ मेसेज पनि पठाउन सकिने भएको छ । अब कन्ट्याक्ट शेयरिङ फिचर पनि थप सहज हुने बताइएको छ । आ

ईओएस १७ मा एप्पलले नयाँ जर्नल एप पनि थप गरेको छ । यो एपले मानिसलाई डिजिटल डायरी बनाउन सहज हुने कम्पनीको भनाइ छ । साथै यो अपडेट आईफोन ८र आईफोन एक्समा पनि उपलब्ध हुनेछ । 

आईप्याडओएस १७ 

सोमबार सार्वजनिक भएको आईप्याडओएस १७ को अपडेटमा आई‌ओएस १६ को जस्तै लकस्क्रिन कस्टमाइजेसन उपलब्ध भएको कम्पनीले जनाएको छ । यसले ट्याबलेटमा विजेट एडिट गर्न सकिने र एप्समा नगइकन विजेटबाट नै आवश्यक एप खोल्न सकिने फिचर ल्याएको छ । यसमा मुड ट्रयाकिङ फिचर पनि उपलब्ध गराइएको छ ।

साथै नोट्स एपमा अब पीडीएफ फाइलहरू पनि लोड गर्न मिल्ने फिचर थप गरिएको छ । यो अपडेटसँगै अब प्रयोगकर्ताले आफ्नो आईप्याडमा विभिन्न एपहरू एकै पटक प्रयोग गर्न सक्नेछन् । साथै यसमा पनि आईओएस १७ मा जस्तै जर्नल एप, कन्ट्याक्ट पोस्टर लगायतका फिचरहरू दिइएको छ । 

वाचओएस १०

एप्पलको वाचको लागि सार्वजनिक भएको वाचओएस १० मा नयाँ केही फिचरहरू थप भएका छन् । अब प्रयोगकर्ताले आफ्नो डिजिटल क्राउन स्पिन (घुमाएर) सहजै पोडकास्टमा, विजेट लगायतका एपहरूको एक्सेस पाउन सक्नेछन् ।

साथै कम्पनीले एक्टिभिटि र वर्ल्ड क्लक फिचरमा नयाँ सुधारहरू ल्याएको छ । यसमा बाइक सेन्सर सपोर्ट सहित मुटको धड्कन नाप्ने लगायतका फिचर पनि छन् भने पैदल यात्रामा जानेहरूका लागि भौगोलिक नक्सा लगायतका फिचर पनि थप गरिएको छ ।

अन्य केही फिचर भने आईओएस र आईप्याडओएसमा जस्तै उपलब्ध गराइएको छ । यदि तपाईँ फिटनेस प्लस फिचरको सब्सक्राइबर हुनुहुन्छ भने चाहिँ अब तपाईँले आफ्ना व्यायाम ध्यान गर्ने तालिकाहरू आफैले तयार गर्न सक्नुहुन्छ । 

म्याकओएस सोनोमा 

कम्पनीले म्याकओएस सोनोमा अपडेटसँगै ल्याएको नयाँ फिचर भनेको डेस्कटपमा र आईफोनको विजेट सिंक गर्न मिल्ने फिचर हो । अर्थात् अब म्याक डेस्कटपको विजेट आईफोनमा पनि प्रयोग गर्न सकिनेछ । साथै कम्पनीले यो अपडेटसँगै भिडिओकलमा रियाक्सन तथा स्क्रिनशेयरीङ फिचरहरूमा सुधार गरेको छ ।

त्यस्तै गेमरलाई लक्षित गर्दै कम्पनीले उच्च गुणस्तरसहितको गेमिङ फिचर पनि थप गरेको छ । डेभपलपरको लागि यो अपडेट उपलब्ध भइसकेको भएपनि यसको बेटा भर्सन भने प्रयोगकर्ताको लागि जुलाई महिनादेखि मात्र उपलब्ध हुनेछ ।   

पछिल्लो अध्यावधिक: जेठ २४, २०८० ८:१९