close

भोलि फिनटेक फ्राइडे, अन्तरदेशीय डिजिटल भुक्तानीमाथि बहस हुँदै

टेकपाना टेकपाना

जेठ ३२, २०८० ११:३३

भोलि फिनटेक फ्राइडे, अन्तरदेशीय डिजिटल भुक्तानीमाथि बहस हुँदै

काठमाडौं । भोलि शुक्रबार फिनटेक फ्राइडेको मासिक कार्यक्रम आयोजना हुने भएको छ । ​यस पटकको फिनटेक फ्राइडे अन्तर्गत होटल भिभान्तामा सीमापार भुक्तानीको रूपान्तरण विषयक अन्तरक्रिया आयोजना हुने भएको हो । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकको भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल क्लियरिङ हाउस लिमिटेडका सीईओ नीलेशमानसिंह प्रधान र आईएमई ग्रुपमा वरिष्ठ उपाध्यक्ष सुमन पोखरेल प्यानलिस्टको रूपमा रहने छन् भने फिनटेक अलायन्सका अध्यक्ष सञ्जीव सुब्बाले मोडरेटरको भूमिका निर्वाह गर्नेछन् ।

शुक्रबारको अन्तरक्रिया कार्यक्रममा सीमापार डिजिटल भुक्तानीका चुनौती र अवसर, प्रविधिले सीमापार भुक्तानीमा ल्याइरहेको रूपान्तरण, सीमापार भुक्तानीको सहजता र सुरक्षा, वित्तीय संस्था, फिनटेक कम्पनी र नियामकबीचको सहकार्य, सीमापार भुक्तानीको भविष्य लगायतका विषयमा छलफल हुनेछ ।

जसमा बैंकिङ तथा वित्तीय संस्था र प्रविधि कम्पनीमा आवद्ध पेशाकर्मीहरू, वित्तीय प्रविधिमा रूचि राख्नेहरू लगायत ५० जनाभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । इच्छुक व्यक्तिले यहाँ क्लिक गरी यो कार्यक्रममा सहभागिताका लागि रजिस्टर गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: जेठ ३२, २०८० ११:३३