close

आउँदो शुक्रबार ‘फिनटेक फ्राइडे’ कार्यक्रम हुँदै, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

बैशाख २५, २०८० १७:३९

आउँदो शुक्रबार ‘फिनटेक फ्राइडे’ कार्यक्रम हुँदै, यसरी बन्नुहोस् सहभागी

काठमाडौं । फिनटेक अलायन्स नेपाल (फ्यान)ले आउँदो शुक्रबार अर्थात् वैशाख २९ गते आफ्नो मासिक कार्यक्रम ‘फिनटेक फ्राइडे’को नयाँ श्रृङ्खला आयोजना गर्ने भएको छ ।

टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघको भवनमा हुने सो कार्यक्रम दिउँसाे साढे ४ देखि सुरु हुनेछ ।

सो श्रृङ्खलामा युनाइटेड नेसन क्यापिटल डेभलपमेन्ट फण्ड (यूएनसीडीएफ)का डिजिटल वित्त विशेषज्ञ थोमस कुरियन प्रमुख वक्तामा रहनेछन् । उनले ‘वित्तीय प्रविधि र वित्तीय समावेशीकरण’ शीर्षकमा आफ्नो प्रस्तुति दिने कार्यक्रम छ ।

बौद्धिक अभ्यास, नवप्रवर्तन र सञ्जाल कायम गर्ने उद्देश्यका साथ वित्तीय प्रविधि (फिनटेक) क्षेत्रमा रुचि राख्नेहरूलाई एकै स्थानमा ल्याउन फ्यानले हरेक महिना यो कार्यक्रम आयोजना गर्ने गर्छ ।

फिनटेक फ्राइडेको उक्त कार्यक्रममा भौतिक रुपमा उपस्थित हुन यहाँ क्लिक गरी रजिष्टर गर्नुपर्ने छ । सामान्य ह्वाट्सएप ग्रुपबाट सुरु भएको सञ्जालले फिनटेक अलायन्सको स्वरुप ग्रहण गरेको हो ।

यसमा भुक्तानी सेवाप्रदायक, डिजिटल वालेट, भुक्तानी प्रणाली सञ्चालक, बैंक, आईटी कम्पनी लगायतका फिनटेक क्षेत्रमा क्रियाशील व्यक्तिहरूको आबद्धता रहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८० १७:३९