close

सीमापार डिजिटल भुक्तानीका चुनौती र अवसर विषयमा अन्तर्क्रिया हुँदै

टेकपाना टेकपाना

असार १, २०८० १०:३७

सीमापार डिजिटल भुक्तानीका चुनौती र अवसर विषयमा अन्तर्क्रिया हुँदै

काठमाडौं । फिनटेक फ्राइडेको मासिक कार्यक्रम अन्तर्गत आज सीमापार डिजिटल भुक्तानीका चुनौती र अवसर सम्बन्धी अन्तर्क्रिया हुँदैछ । होटल भिभान्तामा दिउँसो साढे ४ बजेबाट कार्यक्रम सुरु हुनेछ ।

अन्तर्क्रियामा नेपाल राष्ट्र बैंकको भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीलेशमानसिंह प्रधान र आईएमई ग्रुपमा वरिष्ठ उपाध्यक्ष सुमन पोखरेल प्यानलिस्टको रूपमा रहने छन् । फिनटेक अलायन्सका अध्यक्ष सञ्जीव सुब्बाले मोडरेटरको भूमिका निर्वाह गर्नेछन् ।

सीमापार डिजिटल भुक्तानीका चुनौती र अवसर, प्रविधिले सीमापार भुक्तानीमा ल्याइरहेको रूपान्तरण, सीमापार भुक्तानीको सहजता र सुरक्षा, वित्तीय संस्था, फिनटेक कम्पनी र नियामकबीचको सहकार्य, सीमापार भुक्तानीको भविष्य लगायतका विषयमा अन्तर्क्रिया हुने बताइएकाे छ ।

कार्यक्रममा बैंकिङ तथा वित्तीय संस्था र प्रविधि कम्पनीमा आवद्ध पेशाकर्मीहरू, वित्तीय प्रविधिमा रूचि राख्नेहरू लगायत ५० जनाभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ ।

इच्छुक व्यक्तिले यहाँ क्लिक गरी यो कार्यक्रममा सहभागिताका लागि रजिस्टर गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असार १, २०८० १०:३७