close

आज फिनटेकमा महिला विषयक अन्तरक्रिया हुँदै, रजिस्ट्रेसन गरेर सहभागी हुन मिल्ने

टेकपाना टेकपाना

चैत २, २०८० १३:१६

आज फिनटेकमा महिला विषयक अन्तरक्रिया हुँदै, रजिस्ट्रेसन गरेर सहभागी हुन मिल्ने

काठमाडौं । आज शुक्रबार काठमाडौंको दरबार मार्गमा रहेको होटेल याक एण्ड यतिमा फिनटेकमा महिला विषयक अन्तरक्रिया हुने भएको छ । फिनटेक अलायन्स नेपालले हरेक महिनाको पहिलो शुक्रबार आयोजना गर्ने कार्यक्रमको यो अङ्कमा 'लिडिङ च्यालेञ्जेज, ब्रेकिङ ब्यारियर्सः वमन इन फिनटेक' विषयमा छलफल हुने भएको हो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकको भुक्तानी विभागकी निर्देशक निभा श्रेष्ठ, एनसीएचएलकी प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, नेपाल बैंक लिमिटेडकी इन्फर्मेसन सेक्युरिटी अफिसर बन्दना शर्मा र जुनोकी उत्पादन प्रबन्धक मेशुका रायमाझी वक्ताको रूपमा रहेका छन् । अपराह्न ४ बजेदेखि सुरु हुने कार्यक्रममा सहभागी हुन दर्ता अनिवार्य गरिएको छ ।

इच्छुक व्यक्तिले यहाँ क्लिक गरी त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । यसै अङ्ग्रेजी महिनामा परेको अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर यो अङ्क महिला विशेष रूपमा आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा सहभागीले नेपालको बैंक तथा वित्तीय क्षेत्रका विभिन्न पेसाकर्मी तथा नेतृत्वदायी जिम्मेवारीमा रहेकाहरूसँग नेटवर्किङको अवसर समेत पाउने छन् ।

पछिल्लो अध्यावधिक: चैत २, २०८० १३:१६