close

एनपीनगको नेटवर्क तथा सूचना प्रविधि सम्बन्धी कन्फ्रेन्स जारी, यस्तो छ तालिका

टेकपाना टेकपाना

असार ८, २०८० १३:४४

एनपीनगको नेटवर्क तथा सूचना प्रविधि सम्बन्धी कन्फ्रेन्स जारी, यस्तो छ तालिका

काठमाडौं । नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) को आयोजनामा काठमाडौंमा आयोजित पाँच दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशालाको समापनसँगै सूचना प्रविधि सम्बन्धी कन्फ्रेन्स आज आयोजना भइरहेको छ ।  

आज ९:३० बजेबाट सुरु भएको कन्फ्रेन्स राति सात बजेसम्म चल्नेछ । कार्यक्रमको पहिलो सत्रमा वरिष्ठ इन्जिनियर योशिनोबु मात्सुजाकीले 'समुदाय आधारित स्थानान्तरण र नेटवर्क अपरेटिङ टेक्नोलोजीको विकास' शिर्षकमा आफ्नो वक्तव्य दिएका थिए । 

मात्सुजाकीपछि ग्रिन टेक नेपाल प्रालीका सीआईएसओ पंकज कुमार ठाकुर 'एभी ईभ्यासन एन्ड एक्सडीआर एड्भान्समेन्टः ब्रेकिङ थ्रु साइबर डिफेन्सका बारेमा आफ्नो भनाइ राखेका थिए । ठाकुर लगतै वेब सर्फर कम्युनिकेसन प्रालिका हेड अफ आर एण्ड डी प्रिय रञ्जन कर्मले 'एसपी नेटवर्क अप्टिमाइजेसन'का बारेमा बोले ।

त्यसपछि सिस्को सिस्टमका प्रडक्ट स्पेसलिस्ट सौरभ चोप्रा 'रुटेड अप्टिकल नेटवर्किङ'को बारेमा बताएका थिए । चोप्राले आफ्ना भनाइ राखिसकेपछि आईसीटी विज्ञ आनन्दराज खनाल नेपालमा आईसीटी पुर्वाधारको बारेमा चर्चा गरेका थिए ।  

यसैगरी दोस्रो सत्र दुई बजेदेखि हुँदैछ । यो सत्रमा साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार राय 'क्राइम लग एनालाइसिस'मा आफ्ना भनाइ राख्नेछन् । त्यसपछि एसिया प्यासिफिक नेटवर्क इन्फर्मेसन सेन्टर (एपीनिक) का इन्टरनेट रिसोर्ट एनालिस्ट चिमी दोर्जीले एपिनिक क्षेत्रमा आईपीभी सिक्स इनसाइट्सका बारेमा आफ्ना धारणा राख्नेछन् । 

दोर्जीले बोलिसकेपछि प्यानल डिस्कसन सुरु हुनेछ । आईओएफका प्रोफेसर डा. बाबुराम दवाडी मोडरेटरका रूपमा हुनेछ । उक्त प्यानल डिस्कसनमा सुबिसु केबलनेट प्रालिका एनओसी मेनेजर अनिल दास थारू, फ्रस्टलिङ्क कम्युनिकसेन प्रालिका सीटीओ रमेश काफ्ले, नेपाल टेलिकमका प्रबन्धक बिमेश झा, नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक रोजाकिरण बासुकला, जुनिपर नेटवर्कका एसई लिड रमेश कुमार सुर्वमन्यम र एपिनिकका सिनियर नेटवर्क एनालिस्ट तथा ट्रेनर वारेन फिन्च रहनेछन् ।

प्यानल डिस्कसनपछि भैरव टेक्नोलोजीज सेक्युरिटी प्रालिका सीईओ विजय लिम्बु सेनिहाङ 'टेलिकम र आईएसपीलाई लक्षित गर्ने एपीटी समूह' बारेमा जानकारी दिनेछन् । उनीपछि एक्सेसवर्ल्ड टेक प्रालिकी सिस्टम इन्जिनियर हिमानी भट्ट 'एनओजी फेलोशिप एक्सपिरियन्स' का बारेमा बताउनेछिन् ।

साढे चार बजेदेखि सात बजेसम्म क्लोजिङ प्लेनरी सञ्चालन हुनेछ । यो सत्रमा नेपाल टेलिकमका नेटवर्क एन्ड प्रोभिन्स एचओडी शालिग्राम पराजुलीले अप्टिकल फाइबर नेटवर्क विस्तारमा आएका चुनौतीबारे बोल्ने छन् ।

त्यसपछि एयरटेलका हेड अफ बिजनेस कन्सलटेन्ट मोहम्मद अमिर नेपालको डिजिटल रूपान्तरणमा एयरटेलको यात्राबारे चर्चा गर्नेछन् । यसपछि इन्टरनेट एक्सचेन्ज नेपाल (एनपिक्स) का किशोर पन्थले प्यानल डिस्कसन सञ्चालन गर्नेछन् । जसमा नेपाल दूरसञ्चार प्राधिकरणका बीओडी रबीन्द्र झा, एनसेलका सीटीओ अदिल अस्रर, सीजी कम्युनिकेसन लिमिटेडका सीईओ अमितेश रोय, भायानेट कम्युनिकेसन प्रालिका एमडी विशाल हेम्ने, सार्क एयरटेलका रिजनल बिजनेस हेड भरत गुलाटी प्यानलिस्टका रूपमा रहनेछन् ।

त्यसपछि नियोट्रिक नेपाल प्रालिका एमडी सञ्जय गोल्छा प्रविधि क्षेत्रमा आएको परिवर्तन र आफ्नो यात्राबारे चर्चा गर्नेछन् ।

 

पछिल्लो अध्यावधिक: असार ८, २०८० १४:५