close

'नगदै रुपैयाँ प्राप्त गर्नुहोस्' भन्दै कुनै अफर ल्याएका छैनौं, सचेत रहनुः नेपाल टेलिकम

टेकपाना टेकपाना

असार ८, २०८० १७:२

'नगदै रुपैयाँ प्राप्त गर्नुहोस्' भन्दै कुनै अफर ल्याएका छैनौं, सचेत रहनुः नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमको नाममा सामाजिक सञ्जालमा फैलिएको अफरको सूचना नक्कली रहेको कम्पनीले पुष्टि गरेको छ ।

नेपाल टेलिकमको नाममा “वार्षिकोत्सवको अवसरमा सही खाम चयन गरी नगदै रुपैयाँ प्राप्त गर्नुहोस्” भनी सामाजिक सञ्जालमा प्रकाशित सूचना गलत रहेको कम्पनीले जनाएको छ । 

एक सूचना जारी गर्दै कम्पनीले आफ्ना ग्राहकलाई यस्ता गलत सूचनाबाट सचेत रहन आग्रह गरेको  छ ।

"नेपाल टेलिकमका आधिकारिक फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा उपलब्ध गराइएका प्याकेज अफर, क्वीज र उपहार बाहेक अन्यत्र प्रकाशित पुरस्कार एवं उपहार प्रदान गर्ने सम्बन्धी कार्यक्रम कम्पनीले सञ्चालन नगरेको जानकारी गराइन्," सूचनामा उल्लेख छ ।  

कम्पनीको आधिकारिक ब्लु टिक सहितको फेसबुक र ट्विटर लगायतका सामाजिक सञ्जाल तथा कम्पनीको "मोबाइल एप" मा राखिएका सूचनाहरूलाई मात्र आधार मानेर कम्पनीका जानकारीहरू प्राप्त गर्न पनि ग्राहकलाई अनुरोध गरिएको छ । 

पछिल्लो समयमा विभिन्न चर्चित कम्पनीहरूको नाममा सामाजिक सञ्जालमा विभिन्न नक्कली सूचना जारी गर्दै सर्वसाधारणलाई ठगी गर्ने क्रम बढिरहेको छ । 

पछिल्लो अध्यावधिक: असार ८, २०८० १७:४