close

फ्युजमसिन्सका सीईओ मास्केलाई प्रतिष्ठित ‘एआई ब्रेकथ्रु अवार्ड’

टेकपाना टेकपाना

असार ९, २०८० १२:३५

फ्युजमसिन्सका सीईओ मास्केलाई प्रतिष्ठित ‘एआई ब्रेकथ्रु अवार्ड’

काठमाडौं । नेपाली प्रविधि कम्पनी फ्युजमसिन्सका संस्थापक एवं प्रमुख कार्यकारी अधिकारी (सीईओ) तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका अनुसन्धानकर्ता वैज्ञानिक समीर मास्केले प्रतिष्ठित एआई ब्रेकथ्रु अवार्ड हात पारेका छन् ।

मास्केलाई ‘बेस्ट आर्टिफिसियल इन्टेलिजेन्स सीईओ’ विधामा यो अवार्ड प्रदान गरिएको हो । विश्वभर ३००० नोमेनेसबाट निर्णायक मण्डलले मास्केलाई यो अवार्ड दिने निर्णय गरेकाे हाे ।

मास्केले फ्युजमसिन्स परिवार (कम्पनीको बोर्ड, व्यवस्थापन र कर्मचारी) को तर्फबाट यो पुरस्कार स्वीकार गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

दुई दशकअघि मास्केकाे अग्रसरतामा स्थापना भएको फ्युजमसिन्सले एआईमा आधारित विभिन्न प्रविधिकाे उत्पादनकाे साथमा यस क्षेत्रका लागि जनशक्ति तयार पार्ने अभियान सञ्चालन गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असार ९, २०८० १२:३८