close

के ह्याक भएकै हो ‘रुटिन अफ नेपाल बन्द’को मोबाइल एप ?

टेकपाना टेकपाना

असार ९, २०८० २१:२२

के ह्याक भएकै हो ‘रुटिन अफ नेपाल बन्द’को मोबाइल एप ?

काठमाडौं । फेसबुक ग्रुप पेनटेस्टर नेपालमा ‘रुटिन अफ नेपाल बन्द’को मोबाइल एप ह्याक भएको खबर आइरहेको छ । ग्रुपमा ‘ह्याकर जिनियस’ नामक ह्याकर समूहले एप ह्याक गरेको दाबी गरेको भन्दै पोस्ट गरिएको छ ।

तर, रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले एप ह्याक नभएको दाबी गरेका छन् । “एप अहिले टेस्टिङ फेजमै छ,” पौडेलले भने, “हामीले नोटिफिसेकसन पठाउनका लागि थर्ड पार्टी सिस्टम प्रयोग गरेका थियौं । त्यसलाई इन्फेक्ट गरेर एक जना बग पत्ता लगाउने व्यक्तिले आफ्नो मेसेज पठाइदिनु भएको रहेछ । त्यो सल्भ भइसक्यो ।”

एप निर्माणाधीन अवस्थामै रहेको र त्यसमा फिचरहरू समावेश गर्न बाँकी भएको उनले बताए । एप पूर्ण रूपमा तयार नभएकाले केही समस्या आउन सक्ने उनको भनाइ छ । “यसलाई ह्याक भएको भन्न मिल्दैन,” उनले भने । ह्याकर जिनियस नामबाट खोलिएको टेलिग्राम ग्रुपमा अहिले रुटिन अफ नेपाल बन्दको एप ह्याक गरिएको दाबी गरिएको छ भने यसअघि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को एक्जाम सर्भर ह्याक गरेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असार ९, २०८० २२:१