close

अश्लील सामग्रीले भरिन थाल्यो सुकुना बहुमुखी क्याम्पसको फेसबुक पेज

टेकपाना टेकपाना

असार १४, २०८० २३:४५

अश्लील सामग्रीले भरिन थाल्यो सुकुना बहुमुखी क्याम्पसको फेसबुक पेज

काठमाडौं । मोरङ जिल्लाको सुकुना बहुमुखी क्याम्पसको फेसबुक पेज ह्याक भएको छ । क्याम्पसले बुधबार वेबसाइटमा एक सूचना राख्दै पेज ह्याक भएको सूचना दिएको हो ।

क्याम्पसका अनुसार मंगलबारदेखि फेसबुक पेज क्याम्पस प्रशासनको नियन्त्रण बाहिर गएको थियाे । उक्त फेसबुक पेजमा अहिले अश्लील भिडिओहरू पाेस्ट भएकाे देख्न सकिन्छ ।

“क्याम्पसले आफ्ना सूचनाहरू सम्प्रेषण गर्ने गरेको क्याम्पसको आधिकारिक फेसबुक पेज ‘Sukuna Multiple Campus’ ह्याक भई त्यसबाट अनधिकृत रूपमा मिति २०८०/०३/१२ देखि संवेदनशील दृश्य सामग्रीहरू प्रेषित भइरहेकोमा क्याम्पस प्रशासनको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा लेखिएको छ, “यसले क्याम्पस र सिङ्गो समाजको गरिमा र मर्यादामा असर पुर्‍याइरहेकामा हामीलाई अन्यन्तै दुःख लागेको छ ।”

क्याम्पसले यस किसिमको आपराधिक क्रियाकलापको घोर भर्त्सना गरेको छ । यो अनैतिक आपराधिक कार्यमा संलग्न जो कोहीको पहिचान गरी कानूनी कारवाही गर्न प्रहरी प्रशासन समक्ष निवेदन दिइएको पनि क्याम्पसले जनाएकाे छ ।

क्याम्पसले आफ्नो वेबसाइटबाट फेसबुक पेजको लिङ्क हटाएको छ । ह्याक भएको फेसबुक पेजमा आएका पोस्टमा प्रतिक्रिया दिँदै फेसबुक प्रयोगकर्ताले क्याम्पस प्रशासनको लापरवाहीले त्यस्तो भएको टिप्पणी गरेका छन् ।

पछिल्लो अध्यावधिक: असार १४, २०८० ०:२