close

९७० बाट सुरु हुने नम्बरमा ओटीपी उपलब्ध गराउन सेवाप्रदायकलाई प्राधिकरणको अनुरोध

टेकपाना टेकपाना

असार १७, २०८० ९:१७

९७० बाट सुरु हुने नम्बरमा ओटीपी उपलब्ध गराउन सेवाप्रदायकलाई प्राधिकरणको अनुरोध

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ९७० बाट सुरु हुने नम्बरमा वान टाइम पासवार्ड (ओटीपी) उपलब्ध गराउन सेवाप्रदायकलाई अनुरोध गरेको छ । 

प्राधिकरणले खुला गरेको नयाँ नम्बरिङ रेन्ज ९७० बाट सुरु भएका मोबाइल नम्बरमा ओटीपी नआउने समस्या अझै समाधान हुन सकेको छैन ।

अझै पनि यो रेन्जबाट सुरु हुने मोबाइल नम्बरमा ओटीपी लगायत मोबाइल एप र वेबमा आधारित सेवाहरू लिन साइन अप गर्ने समस्या पनि रहेको छ ।

सो समस्याको समाधान सम्बन्धित सेवाप्रदायकले नै गर्नुपर्ने प्राधिकरणले जनाएको छ । कम्पनीहरूले यो नम्बरलाई आफ्नो प्रणालीमा समावेश नगराउँदा यस्तो समस्या आएको हो ।

एक सूचना जारी गर्दै प्राधिकरणले सेवाप्रदायकलाई ९७० बाट सुरु हुने नम्बरमा अन्य मोबाइल नम्बर सरह सेवा उपलब्ध गराउन अनुरोध गरेको हो । एनसेल आजियटाले ९७० बाट सुरु हुने नयाँ नम्बर उपलब्ध गराउँदै आएको छ । 
 

 

पछिल्लो अध्यावधिक: असार १७, २०८० ९:१७